यहि २२ सेप्टेम्बर का दिन गैर आबासीय नेपाली संघ स्पेन को आयोजना मा बिजया दसमी तथा दिपावली २०६८ को शुभ अवसर मा आयोजित बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ | शुभकामना आदान प्रदान गर्न आयोजित औपचारिक कार्यक्रमको अधक्ष्यता सस्थाका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्यु ले गर्नु भएको थियो भने उक्त कार्यक्रम सस्थाका महासचिब श्री बिष्णु रिजाल ले संचालन गर्नु भएको थियो | उपस्थित सबै नेपाली तथा गैर नेपाली आगन्तुक हरुलाई सस्थाका उपाधक्ष्य श्री प्रकाश तिमिल्सिना ज्यु ले स्वागत मन्तब्य दिदै शुभकामना दिनु भएको थियो | सो औपचारिक कार्यक्रम मा जन सम्पर्क समितिका सचिब श्री पेशल कोइराला , लोकतान्त्रिक मंचका उपाध्यक्ष श्री मुक्त बहादुर गुरुङ , जन प्रगतिशील का महासचिब श्री गोपाल रेग्मी , चितवन समाज का श्री तेजेन्द्र रिजाल , तमु समाज का महासचिब श्री गौतम गुरुङ ,मगर समाज का शेरबहादुर पुर्जा ले बिजया दशमी तथा दिपावली को शुभकामना ब्यक्त गर्नु भएको थियो | साथै सो कार्यक्रम का बिशेस अतिथि तथा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्यन समिति का सदस्य श्री रामलाल कंडेल ज्यु ले शुभकामना दिदै सबैको उत्तरोत्तर प्रगति को कामना गर्नु भयो | प्रमुख अतिथिको आशंन बाट बोल्दै नेपाली कौन्सिलोर श्री लुइस बेल्भिस ले यस्ता चाडपर्ब तथा कार्यक्रमले आफुलाई झन प्रभाबित बनाएको र बिगत २६ बर्ष देखि आफु नेपाल र नेपाली को सेवामा लागेको ले आफु आधा नेपाली जस्तै भएको बताउदै बिजया दशमी को शुभकामना दिदै एन आर एन स्पेन को प्रंसशा गर्नु भयो |औपचारिक कार्यक्रम को समापन गर्दै अधक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्यु ले सबै आगन्तुक लाइ धन्यबाद , बिजया दशमी तथा दिपावली को शुभकामना दिदै अहिले सम्म एन आर एन स्पेन ले गरेका बिबिध कार्य संबन्धमा बताउनु भयो साथै कोहि पनि नेपाली हरु स्पेन मा दुताबासको अभाब वा अन्य समस्या बाट अन्याय मा पर्न नपरोस भनि कुनै समस्या भए जानाकारी गराउन अनुरोध गर्दै समाधान मा यथेस्ट सक्दो सहयोग पुर्याउने बचन बद्धता गर्नु भयो |
निर्धारित समय भन्दा अलि ढिला गरि सुरु भएको सास्कृतिक कार्यक्रम मा स्थानीय कलाकारहरु अजय लोप्चन ,पेम्बा छोटी शेर्पा , खुसबु खडका ,बिध्या भण्डारी , सुस्मिता गिरी लगायतको बेजोड प्रस्तुती रहेको थियो | सो कार्यकम मा नेपाल बाट पाल्नु भएका चिर परिचित ख्याती प्राप्त कलाकार यश कुमार संग दर्शक दिर्घा अति रमाएको थियो | उहाको बेजोड सुमधुर प्रस्तुती बाट दर्शकहरु प्रफुल्लित देखिन्थे | लोक गायक बिष्णु खत्री को गित सिमली छायामा बसी , दुना टपरी ,लगायत पन्चे बाजामा नाच्न दर्शकहरु तछाड मछाड गरेका देखिन्थे | सो सास्कृतिक कार्यकम का उद्घोषक बिष्णु रिजाल का गजल ,मुक्तक , कबिताले पनि कार्यक्रम लाइ रोमान्चक बनाएको देखिन्थ्यो | सो कार्यक्रम सफलताको लागि नेपाली दुताबास पेरिस बाट शुभकामना पठाईएको थियो |साथै कार्यक्रम सफल पार्न खानपिन पकवान को ब्यबस्था गर्नु हुने तथा व्यक्तिगत , सामाजिक ,सस्थागत , ब्यबसायिक रुपमा आर्थिक, भौतिक वा अन्य सहयोग गर्नुहुने सबै महानुभाब हरुलाइ सस्थाका अध्यक्ष ज्यु ले बिशेष धन्यबाद दिदै आगामी दिनमा पनि सहयोग सहकार्य को अपेक्षा राख्नु भएको थियो | बिशेस सहयोग गर्नु हुने सबै लाइ आइ सी सी सदस्य श्री रामलाल कंडेल तथा अधक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्यु ले प्रसंशा पत्र प्रदान गर्नु भएको थियो |
बिष्णु रिजाल
No comments:
Post a Comment