Thursday, September 22, 2011

नेपाली अनुसन्धानकर्ता बटु शर्मा अमेरिकन सोसाइटी अफ माइक्रो बायलोजिबाट पुरस्कृत

निर्मल अर्याल, अमेरिका - नेपाली अनुसन्धानकर्ता बटु शर्मा अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिबाट पुरस्कृत संक्रमणखाले रोगका विषयमा शर्माको अनुसन्धान उत्कृष्ट नेपालका एक जना प्रतिभाशाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित पुरस्कार हात पारेका छन् । सन् २ हजार ११ मा विभिन्न संक्रमणखाले रोगका विषयमा उत्कृष्ट अनुसन्धान गरेका डाक्टर बटु शर्मा कुइँकेलले अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिले प्रदान गरेको पुरस्कार हात पारेका हुन् ।
कुइँकेलसँगै यूरोपका चार अनुसन्धानकर्ताले पिन यो पुरस्कार जितेका छन् । शर्माले डुक विश्वविद्यालयको प्रयो
गशालामा आफ्नो अनुसन्धान पूरा गरेका थिए । शर्माको अनुसन्धान नयाँ रोगहरु विरुद्ध औषधी उत्पादन गर्न
फलदायी हुने भएकाले उनलाई पुरस्कृत गरिएको अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिले जनाएको छ । राजधानीको गोकर्ण सुन्ताखानमा जन्मनु भएका कुँइकेलले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा बिएस्सी तथा त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमै उत्कृष्ट अंक ल्याएर स्नातकोत्तर पूरा गरेका थिए ।
एक दशक अघि अमेरिका पुगेका कुइँकेलले पिएचडी उपाधि भने अमेरिकाबाटै हासिल गरेका थिए । कुइकेलसँग राजधानीको नेपाल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजमा अध्ययन गराएको अनुभव पनि रहेको छ । समाजसेवामा समेत सकि्रय कुइकेल लायन्स क्लब अफ काठमाडौ जोरपाटीमा आबद्ध हुनुहुन्छ ।

No comments:

Post a Comment