Saturday, June 2, 2012

चितवन समाज स्पेनको दोश्रो महाधिबेशन सम्पन्न

स्वर्णिम भविष्यको खोजीमा आफ्नो मातृभूमि भन्दा पर रहेर पनि आफ्नो देश र मातृभूमि प्रतिको स्नेह जोगाइ ,स्पेनभरि छरिएर रहनु भएका चितवन बासि दाजु भाई दिदिबहिनिहरु बीच आपसी सामिप्य बढाउने उदेश्यले सन २००९मे १८ तारिकका दिन स्पेनको बार्सिलोनामा गठन भएको चितवन समाज स्पेनले आफ्नो दोश्रो महाधिबेशन मे २८ का दिन स्पेनको बार्सिलोनामा सम्पन्न गरेको छ ।
दुइ चरणमा विभाजन गरेर सम्पन्न गरिएको उक्त कार्यक्रममा पहिलो चरण अन्तरगत चितवन समाज स्पेनको दोश्रो महाधिबेशन तथा बन्दसत्र चलेको थियो ।
समाजका अध्यक्ष जगतपाल सिलवालको सभापतित्व, उपाध्यक्ष्य थानेश्वर भुसाललको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा संस्थाका सल्लाहकार एबम अथितिद्वय रामलालकंडेल र मेघराज कंडेल (साईराम)मध्येबाट रामलाल कंडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति तथा चितवन समाज स्पेन दोश्रो महाधिबेशन समन्वय तथा निर्बाचन समिति संयोजक जगतपाल सिलवालले चितवन समाज स्पेनको सबैसंगको सरसल्लाह पश्चात गठित सर्बम्मत निर्वाचित नया कार्यसमिति घोषणा गर्नु भएको थियो ।

थानेश्वर भुषाल, चिन्तामणि सापकोटा र पदम दवाडी रहेका निर्वाचन समितिले विनोद ढकाललाइ अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा बसन्तराज रेग्मी, सचिब बसन्तराज रेग्मी, सहसचिव बेदराम कंडेल, कोषाध्यक्ष रामचन्द्र भट्टलाइ निर्वाचित गरेको छ । यसैगरी समाजको सदस्यहरुमा उमेश प्रसाद अधिकारी, भरतराज गौतम, विवेक सापकोटा, हरि उप्रेती, तेजेन्द्र रिजाल, मोहन पौडेल, राजु थापा, हेम पाण्डे रहेका छन भने पदेन सदस्यहरुमा प्रकाश अधिकारी, भोजराज सापकोटा, राजिव काईराला रहेका छन बाकी पछि विस्तार गरिने पनि बताइएको छ ।

No comments:

Post a Comment