Sunday, August 28, 2011
जन-सम्पर्क समिति स्पेनद्वारा बी पी कप भलिबल खेलाईने।
नेपाली जन-सम्पर्क समिति स्पेनद्वारा सदा झैं यस वर्ष पनि बी पी कप भलिवल खेलाईने भएको छ। प्रजातान्त्रिक समाजवादका प्रवर्तक महामानव स्व. बी. पी. कोईरालाको ९७ औं जन्म दिवसको उपलक्ष्यमा आयोजना गरिने उक्त भलिवल प्रतियोगितामा स्पेनमा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई आधिकारिक रुपमा ईमेल मार्फत सहभागिताको लागि पत्राचार गरिएको छ। संघ संस्था वा स्वतन्त्र रुपमा पनि जो सुकैले टीम बनाएर उक्त प्रतियोगितामा भाग लिन सक्ने कुरा अवगत गराउंदै सबैलाई सहभागिताका लागि अनुरोध सहित निमन्त्रणा संस्थाका तर्फबाट कार्यक्रम संयोजक श्री पुष्पराज भन्डारीले गर्नु भएको छ।
सो प्रतियोगितामा प्रथम हुने टीम (समुह) लाई २५० युरो र दोश्रो हुने टीमलाई १०० युरो नगद सहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता हुने मिती :- सन २०११ सेप्टेम्वर १२ तारिख सोमवार दिनको १४:०० बजेबाट
स्थान :- बेसोस पार्क (मेट्रो L4, Besos mar)
टीम दर्ता शुल्क :- ६० युरो।
संपर्क :- पुष्पराज भन्डारी (कार्यक्रम संयोजक) ६९७३२६९९९, शालिकराम डुम्रे (उपाध्यक्ष ज स स) ६६२१९४६१९, दिपक सुबेदी (महामन्त्री ज स स) ६८७१४३९९३।
पुष्पराज भन्डारी
बार्सिलोना, स्पेन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment