Sunday, August 14, 2011

जनसम्पर्क समिति स्पेनले बुझायो स्टेट ईमिग्रेसन मन्त्रीलाई ज्ञापनपत्र

दिपक सुबेदी, स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनद्वारा संस्थाका अध्यक्ष श्री एकराज गिरीको नेत्रित्वमा यहि जुलाई २६ तारिखका दिन एक डेलिगेसन गई स्पेनको कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री (Director de imigracion de Generalitat de Catalunya) मार्फत यहाँ बस्ने नेपालीहरुका बिबिध समस्याहरुका बारेमा ज्ञापनपत्र बुझाइएको छ ।
समितिले नेपाल र स्पेनको मैत्री सम्बन्ध, स्पेनमा बस्ने नेपालिहरुका परिवार पुनर्मिलनका लागि भारतको नयाँदील्ली स्थित स्पानिस दुतावासबाट भिषा प्रक्रिया सुरु गर्दा भोग्नु परेका समस्याहरुको साथै स्पेनमा बस्ने नेपालीहरुले दक्षिण अमेरिकी देशका नागरिक सरह पांच ९५० वर्षमा स्पेनको पासपोर्ट पाउनु पर्ने बिषयहरुका बारेमा छलफल गरि ज्ञापनपत्र बुझाइएको थियो।
बिशेषत परिवार पुनर्मीलनका लागि सम्पुर्ण भिषा प्रक्रियाहरु काठमाण्डौबाट गर्न पाउने ब्यवस्था गर्नका लागि यहाँको सरकारको सकरात्मक सोच रहेको पाइयो। त्यहि प्रक्रियालाई अगाडी बढाउन र यहाँ बस्ने नेपालीहरुले नेपाल सरकारद्वारा जारी गरिने पासपोर्ट, अन्य कागजातहरुका लागि झेल्नु परेका समस्याहरुको बारेमा छलफल गर्न यहि २०११ अगस्त १९ तारिखका दिन नेपाली दुतावास पेरिस, फ्रान्समा पुन: जनसम्पर्क समिति स्पेनको पहलमा समितिका अध्यक्षको नेत्रित्वमा अर्को डेलिगेसन जान लागिएको कुरा सबैलाई अवगत गराउंदै स्पेनमा बस्ने सम्पुर्ण नेपाली साथिहरुलाई केही सुझाव र सल्लाह भएमा (jssspain@yahoo.es & balewali@yahoo.com) ईमेलमा पठाउनका लागि समितिले अनुरोध गरेको छ ।
जनसम्पर्क समितिद्वारा गरिने राम्रा कामहरुलाई छायांमा पार्ने दुस्प्रयास स्वरुप अन्लाइन खबरहरुमा बिना नाम र छदम नाममा समाचारहरु सम्प्रेषण गर्ने प्रति खेद प्रकट गर्दै संस्था र समितिका बारेमा केही कुराहरु भएमा लिखित रुपमा वा स्वयम् बैठकमा उपस्थित भएर आफ्ना कुराहरु राख्नका लागि पनि अनुरोध गरेको छ ।

No comments:

Post a Comment