Saturday, August 13, 2011

. डि. एफ. स्पेनको २१ औ बैठक सम्पन्न

दीपक खरेल, स्पेन - एन. डि. एफ. स्पेनको नियमित २१ औ बैठक सस्थाका अध्यक्ष पुष्प राज तिमील्सिनाको अध्यक्षकतामा बर्सिलोनामा बस्यो। बिसेशत आगामी ५ सेप्टेम्बरमा हुन गैरहेको तीज कार्यक्रममा केन्द्रीत बैठकले बिभिन्न बिषयहाँरुमा छलफल गरी निर्णय गरेको थियो। महिलाहरुको महानचाड हरितालिका तीजलाई बढी आकर्सित र रोमान्चक बनाउन सस्थाले कोषाध्यक्ष दीपा गुरुङ्को सम्योजकत्वो, शर्मिला सुबेदि, नुतन सेढाई खरेल्, याङ्दु शेर्पा, सिता तिमील्सिना, नारायणी तिमील्सिना, हिमा कार्कि, गुडी गुरुङ्, अनिता गुरुङ र पुन्य प्रभा सुबेदी सदस्य रहने गरी एक आयोजक कमिटी गठन गर्‍यो।

त्यस्तै कार्यक्रमलाई अझै सरल बनाउन बिभिन्न उपसमितीहरु गठन गर्‍यो। जस्मा जालपान समितिमा बल बहादुर कार्कि, शिब लामिछाने, ओमर बहादुर गुरुङ्, मञ्च बेबस्थापान समितिमा शिब प्रसाद गौतम्, गम बिक्, टिकट बितरन समितिमा मुक्त बहादुर गुरुङ्, प्रेम बहादुर गुरुङ र राजु भट्टराई, खेलकुद तथा चिट्ठा बितरन समितिमा राजु बस्नेत र केदार नाथ ढुंगाना , सान्स्कृतिक कार्यक्रम समितिमा दीपा गुरुङ र नुतन सेढाई खरेल र स्वागत समितिमा पुन्य प्रभा सुबेदी रहने निर्णय गर्‍यो।

साथै बैठकमा महासचिब दीपक खरेलले ल्याएको प्रस्ताब्, यस तीज कार्यक्रम बाट बचत रकमको १०% रकम नेपालीहरुको साझा सँगठन एन. आर. एन. स्पेनको कल्याणकारी कोशमा जम्मा गर्ने, प्रस्ताब बैठकले पारित गर्‍यो। तीज कार्यक्रममा सम्पुर्ण नेपालीहरुलाई हार्दीक निमन्त्रणाका साथ १६ बर्ष मुनिका बालबालिकहाँरुलाई निशुल्क प्रबेश दिने निर्णय गर्‍यो। मिस्ठान्न भोजन्, सान्स्कृतिक कार्यक्रम्, भागय दया चिट्ठा , खेल्कुद कार्यक्रम र बिशेस सहयोग गर्नु हुने हरुलाई बिशेस सम्मान गर्ने हुँदा कसैले पनि यो कार्यक्रम नछुटाउन हुन सस्था हार्दीक अनुरोध गर्दछ।

साथै बैठकले सस्थाको रिक्त रहेको उपादक्ष्य पदमा का. बा. उपादक्ष्य दिनेश गुरुङलाई नियुक्त गर्‍यो। एकछिन भए पनि आफ्नो सम्पूर्ण दुख बिर्शन आउ, गाउ, हासौ अनि नाचौ, तीज कार्यक्रम २०११ लाई भब्य रुपमा सफल परौ! भन्ने नाराका साथ बैठक सम्पन्न भएको थियो।


महासचिब
दीपक खरेल
लोकतान्त्रीक मञ्च स्पेन

No comments:

Post a Comment