विष्णु रिजाल, स्पेन - गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक १ अगस्त मा स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ | समितिका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता बसेको उक्त बैठक ले विभिन्न निर्णयहरु गरेको छ |
समितिको सल्लाहकारमा पुर्ब निर्णय अनुसार निबर्तमान अध्यक्ष श्री अनिल गुरुङ रहनु भएको मा थप दुइ सल्लाहकारमा श्री मुक्त बहादुर गुरुङ र श्री गोपाल रेग्मी लाई राख्ने निर्णय गर्यो | छैटौ मस्को रिजनल कन्फरेन्स मा भाग लिनु भएका प्रतिनिधि श्री जगत्पाल सिलवाल ज्यु बाट सो सम्मेलन का उपलब्धि तथा बिबिध पक्षमा समितिलाई ब्रिफिंग गर्नु भएको थियो |
काठमाण्डौ मा हुनगैरहेको अन्तर्रास्ट्रिय सम्मेलन लाइ सफल गराउन र स्पेन बाट प्रनिधित्व गर्न चाहने साथीहरुले आगामी अगस्तको अन्तिम सातासम्म समितिमा इच्छा जाहेर गर्न अनुरोध गर्दै एन आर एन को सदस्यता अभियानलाइ अझ अघि बढाउने निर्णय गर्यो | कोषाध्यक्ष श्री केदार ढुंगाना द्वारा प्रस्तुत कल्याणकारी कोष अभिबृदी कार्यपत्र माथि छलफल गर्दै सोलाइ प्रभाबकारी र पारदर्सी बनाउने, पंजीकृत सदस्यता लिन चाहने साथीहरुलाई अगस्त अन्तिम सम्म सदस्यता खुला राख्ने र सो लाई निरन्तरता दिने जस्ता विभिन्न निर्णय गर्यो | सस्थालाई अझ प्रभाबकारी ,अनुशाषित ,मर्यादित बनाउन सस्थाका उपाध्यक्ष श्री बाबुकृष्ण कंडेल संयोजक र श्री गंगादेवी शर्मा सदस्य रहनेगरी अनुशासन समिति साथै महासचिब श्री बिष्णु रिजाल को संयोजकत्वमा श्री कृष्ण प्रसाद खनाल सदस्य रहनेगरी बिधान संसोधन तथा नियमाबलि मस्यौदा समिति गठन गरेको छ |
बैठक अन्तरास्ट्रिय समन्यन समितिका सदस्य श्री रामलाल कंडेल ज्यु को समुपस्थितिमा सम्पन्न भएको थियो | अन्तरास्ट्रिय युबा संजाल प्रतिनिधि प्रकाश अधिकारि तथा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि श्री एकराज गिरि ,श्री इस्वरी प्रसाद शर्मा , श्री जगतपाल सिलवाल, श्री दिपक खरेल ज्युको बिशेष उपस्थिति रहेको थियो |
No comments:
Post a Comment