Tuesday, August 9, 2011

जनसम्पर्क समिति स्पेनले नेपाली दुतावास पेरिसमा ज्ञापन पत्र बुझाउने

जनसम्पर्क समिति स्पेनको अगस्त ९ मङलबारका दिन स्पेनको बार्सिलोनामा समितिका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको बैठकले नेपाली दुतावास पेरिसमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
स्पेन सरकारलाई बुझाइएको ज्ञापनपत्र र अगस्त २ तारिखका दिन सम्पन्न सांस्क्रितिक कार्यक्रमको समिक्षाबाट सुरु भएको बैठकले स्पेनमा बस्ने सम्पुर्ण नेपालीहरुका साझा समस्याहरुलाई लिएर यहि २०११ जुलाई २६ तारिखका दिन स्पेन सरकारलाई बुझाइएको ज्ञापनपत्र बुझाएको छ ।

स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलन प्रक्रियामा इन्डियाको नयाँदिल्ली स्थित स्पानिस दुतावासबाट गर्नुपर्दा निकै झन्झट र दु:ख हुने गरेकाले सो प्रक्रिया नेपालको काठमाण्डौमा रहेको स्पानिस कन्सुलेट मार्फत गर्नको लागि पहल गर्न र नेपाल-स्पेन विचको मैत्री सम्बन्ध प्रगाढ गराउनका लागि गरिएको ध्यानाकर्षण र अनुरोधको प्रतिउत्तर स्वरुप कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्रीद्वारा पाईएको सकरात्मक जवाफ अनुरुप नेपाल सरकारको पनि ध्यानाकर्षण गराउनका लागि यहि २०११ अगस्त १९ तारिखका दिन समितिका अध्यक्षको नेत्रीत्वमा फ्रान्सको पेरिस स्थित नेपाली दुतावासमा एक ज्ञापनपत्र सहित डेलिगेसन जाने निर्णय गरेको हो ।
साथै सोही बैठकले यहि २०११ अगस्त २२ तारिखका दिन जर्मनको बर्लिनमा हुने जनसम्पर्क समिति युरोपियन समन्वय समितिको भेलामा स्पेनका तर्फबाट समितिका अध्यक्षको संयोजकत्वमा भागलिने निर्णय पनि गर्यो।
सेप्टेम्बर १२ तारिख सोमबारका दिन बी पी कप भलिबल प्रतियोगिता गर्ने निर्णयका साथ श्री पुष्पराज भन्डारिको संयोजकत्वमा राजु थापा, बेदराम कंडेल, सन्दिप मोहन भट्टराई र बालक्रिष्ण कंडेल सहितको ५ सदस्यिय कार्यक्रम व्यवस्थापन समिति गठन गर्यो। मुल्याङ्कन एवं अनुगमन उपसमितिद्वारा समितिमा प्राप्त प्रतिवेदनलाई यथासिघ्र कार्यान्वयन गर्दै जाने, नेपाली कांग्रेसको केन्द्रिय कार्यालयबाट प्राप्त क्रियाशिल सदस्यताको प्रमाणपत्र बितरण गर्ने लगायतका निर्णय गरिएको उक्त बैठकद्वारा मुटुका २ वटा भल्व फेर्नका लागी आर्थिक अभावका कारण जीवन मरणको दोसांधमा मृत्‍युसँग पौंठेजोरी खेल्दै गरेका नेपालको अर्घाखांची जिल्लाका १८ वर्षिय नरेश खत्रीलाई २० हजार नेपाली रुपैयां सहयोग गर्ने निर्णय पनि गरियो।

No comments:

Post a Comment