Sunday, August 28, 2011
जन-सम्पर्क समिति स्पेनद्वारा बी पी कप भलिबल खेलाईने।
नेपाली जन-सम्पर्क समिति स्पेनद्वारा सदा झैं यस वर्ष पनि बी पी कप भलिवल खेलाईने भएको छ। प्रजातान्त्रिक समाजवादका प्रवर्तक महामानव स्व. बी. पी. कोईरालाको ९७ औं जन्म दिवसको उपलक्ष्यमा आयोजना गरिने उक्त भलिवल प्रतियोगितामा स्पेनमा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई आधिकारिक रुपमा ईमेल मार्फत सहभागिताको लागि पत्राचार गरिएको छ। संघ संस्था वा स्वतन्त्र रुपमा पनि जो सुकैले टीम बनाएर उक्त प्रतियोगितामा भाग लिन सक्ने कुरा अवगत गराउंदै सबैलाई सहभागिताका लागि अनुरोध सहित निमन्त्रणा संस्थाका तर्फबाट कार्यक्रम संयोजक श्री पुष्पराज भन्डारीले गर्नु भएको छ।
सो प्रतियोगितामा प्रथम हुने टीम (समुह) लाई २५० युरो र दोश्रो हुने टीमलाई १०० युरो नगद सहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता हुने मिती :- सन २०११ सेप्टेम्वर १२ तारिख सोमवार दिनको १४:०० बजेबाट
स्थान :- बेसोस पार्क (मेट्रो L4, Besos mar)
टीम दर्ता शुल्क :- ६० युरो।
संपर्क :- पुष्पराज भन्डारी (कार्यक्रम संयोजक) ६९७३२६९९९, शालिकराम डुम्रे (उपाध्यक्ष ज स स) ६६२१९४६१९, दिपक सुबेदी (महामन्त्री ज स स) ६८७१४३९९३।
पुष्पराज भन्डारी
बार्सिलोना, स्पेन।
Sunday, August 14, 2011
जनसम्पर्क समिति स्पेनले बुझायो स्टेट ईमिग्रेसन मन्त्रीलाई ज्ञापनपत्र
दिपक सुबेदी, स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनद्वारा संस्थाका अध्यक्ष श्री एकराज गिरीको नेत्रित्वमा यहि जुलाई २६ तारिखका दिन एक डेलिगेसन गई स्पेनको कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री (Director de imigracion de Generalitat de Catalunya) मार्फत यहाँ बस्ने नेपालीहरुका बिबिध समस्याहरुका बारेमा ज्ञापनपत्र बुझाइएको छ ।
समितिले नेपाल र स्पेनको मैत्री सम्बन्ध, स्पेनमा बस्ने नेपालिहरुका परिवार पुनर्मिलनका लागि भारतको नयाँदील्ली स्थित स्पानिस दुतावासबाट भिषा प्रक्रिया सुरु गर्दा भोग्नु परेका समस्याहरुको साथै स्पेनमा बस्ने नेपालीहरुले दक्षिण अमेरिकी देशका नागरिक सरह पांच ९५० वर्षमा स्पेनको पासपोर्ट पाउनु पर्ने बिषयहरुका बारेमा छलफल गरि ज्ञापनपत्र बुझाइएको थियो।
बिशेषत परिवार पुनर्मीलनका लागि सम्पुर्ण भिषा प्रक्रियाहरु काठमाण्डौबाट गर्न पाउने ब्यवस्था गर्नका लागि यहाँको सरकारको सकरात्मक सोच रहेको पाइयो। त्यहि प्रक्रियालाई अगाडी बढाउन र यहाँ बस्ने नेपालीहरुले नेपाल सरकारद्वारा जारी गरिने पासपोर्ट, अन्य कागजातहरुका लागि झेल्नु परेका समस्याहरुको बारेमा छलफल गर्न यहि २०११ अगस्त १९ तारिखका दिन नेपाली दुतावास पेरिस, फ्रान्समा पुन: जनसम्पर्क समिति स्पेनको पहलमा समितिका अध्यक्षको नेत्रित्वमा अर्को डेलिगेसन जान लागिएको कुरा सबैलाई अवगत गराउंदै स्पेनमा बस्ने सम्पुर्ण नेपाली साथिहरुलाई केही सुझाव र सल्लाह भएमा (jssspain@yahoo.es & balewali@yahoo.com) ईमेलमा पठाउनका लागि समितिले अनुरोध गरेको छ ।
जनसम्पर्क समितिद्वारा गरिने राम्रा कामहरुलाई छायांमा पार्ने दुस्प्रयास स्वरुप अन्लाइन खबरहरुमा बिना नाम र छदम नाममा समाचारहरु सम्प्रेषण गर्ने प्रति खेद प्रकट गर्दै संस्था र समितिका बारेमा केही कुराहरु भएमा लिखित रुपमा वा स्वयम् बैठकमा उपस्थित भएर आफ्ना कुराहरु राख्नका लागि पनि अनुरोध गरेको छ ।

Saturday, August 13, 2011
. डि. एफ. स्पेनको २१ औ बैठक सम्पन्न
दीपक खरेल, स्पेन - एन. डि. एफ. स्पेनको नियमित २१ औ बैठक सस्थाका अध्यक्ष पुष्प राज तिमील्सिनाको अध्यक्षकतामा बर्सिलोनामा बस्यो। बिसेशत आगामी ५ सेप्टेम्बरमा हुन गैरहेको तीज कार्यक्रममा केन्द्रीत बैठकले बिभिन्न बिषयहाँरुमा छलफल गरी निर्णय गरेको थियो। महिलाहरुको महानचाड हरितालिका तीजलाई बढी आकर्सित र रोमान्चक बनाउन सस्थाले कोषाध्यक्ष दीपा गुरुङ्को सम्योजकत्वो, शर्मिला सुबेदि, नुतन सेढाई खरेल्, याङ्दु शेर्पा, सिता तिमील्सिना, नारायणी तिमील्सिना, हिमा कार्कि, गुडी गुरुङ्, अनिता गुरुङ र पुन्य प्रभा सुबेदी सदस्य रहने गरी एक आयोजक कमिटी गठन गर्यो।
त्यस्तै कार्यक्रमलाई अझै सरल बनाउन बिभिन्न उपसमितीहरु गठन गर्यो। जस्मा जालपान समितिमा बल बहादुर कार्कि, शिब लामिछाने, ओमर बहादुर गुरुङ्, मञ्च बेबस्थापान समितिमा शिब प्रसाद गौतम्, गम बिक्, टिकट बितरन समितिमा मुक्त बहादुर गुरुङ्, प्रेम बहादुर गुरुङ र राजु भट्टराई, खेलकुद तथा चिट्ठा बितरन समितिमा राजु बस्नेत र केदार नाथ ढुंगाना , सान्स्कृतिक कार्यक्रम समितिमा दीपा गुरुङ र नुतन सेढाई खरेल र स्वागत समितिमा पुन्य प्रभा सुबेदी रहने निर्णय गर्यो।
साथै बैठकमा महासचिब दीपक खरेलले ल्याएको प्रस्ताब्, यस तीज कार्यक्रम बाट बचत रकमको १०% रकम नेपालीहरुको साझा सँगठन एन. आर. एन. स्पेनको कल्याणकारी कोशमा जम्मा गर्ने, प्रस्ताब बैठकले पारित गर्यो। तीज कार्यक्रममा सम्पुर्ण नेपालीहरुलाई हार्दीक निमन्त्रणाका साथ १६ बर्ष मुनिका बालबालिकहाँरुलाई निशुल्क प्रबेश दिने निर्णय गर्यो। मिस्ठान्न भोजन्, सान्स्कृतिक कार्यक्रम्, भागय दया चिट्ठा , खेल्कुद कार्यक्रम र बिशेस सहयोग गर्नु हुने हरुलाई बिशेस सम्मान गर्ने हुँदा कसैले पनि यो कार्यक्रम नछुटाउन हुन सस्था हार्दीक अनुरोध गर्दछ।
साथै बैठकले सस्थाको रिक्त रहेको उपादक्ष्य पदमा का. बा. उपादक्ष्य दिनेश गुरुङलाई नियुक्त गर्यो। एकछिन भए पनि आफ्नो सम्पूर्ण दुख बिर्शन आउ, गाउ, हासौ अनि नाचौ, तीज कार्यक्रम २०११ लाई भब्य रुपमा सफल परौ! भन्ने नाराका साथ बैठक सम्पन्न भएको थियो।
महासचिब
दीपक खरेल
लोकतान्त्रीक मञ्च स्पेन

Tuesday, August 9, 2011
जनसम्पर्क समिति स्पेनले नेपाली दुतावास पेरिसमा ज्ञापन पत्र बुझाउने
जनसम्पर्क समिति स्पेनको अगस्त ९ मङलबारका दिन स्पेनको बार्सिलोनामा समितिका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको बैठकले नेपाली दुतावास पेरिसमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
स्पेन सरकारलाई बुझाइएको ज्ञापनपत्र र अगस्त २ तारिखका दिन सम्पन्न सांस्क्रितिक कार्यक्रमको समिक्षाबाट सुरु भएको बैठकले स्पेनमा बस्ने सम्पुर्ण नेपालीहरुका साझा समस्याहरुलाई लिएर यहि २०११ जुलाई २६ तारिखका दिन स्पेन सरकारलाई बुझाइएको ज्ञापनपत्र बुझाएको छ ।
स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलन प्रक्रियामा इन्डियाको नयाँदिल्ली स्थित स्पानिस दुतावासबाट गर्नुपर्दा निकै झन्झट र दु:ख हुने गरेकाले सो प्रक्रिया नेपालको काठमाण्डौमा रहेको स्पानिस कन्सुलेट मार्फत गर्नको लागि पहल गर्न र नेपाल-स्पेन विचको मैत्री सम्बन्ध प्रगाढ गराउनका लागि गरिएको ध्यानाकर्षण र अनुरोधको प्रतिउत्तर स्वरुप कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्रीद्वारा पाईएको सकरात्मक जवाफ अनुरुप नेपाल सरकारको पनि ध्यानाकर्षण गराउनका लागि यहि २०११ अगस्त १९ तारिखका दिन समितिका अध्यक्षको नेत्रीत्वमा फ्रान्सको पेरिस स्थित नेपाली दुतावासमा एक ज्ञापनपत्र सहित डेलिगेसन जाने निर्णय गरेको हो ।
साथै सोही बैठकले यहि २०११ अगस्त २२ तारिखका दिन जर्मनको बर्लिनमा हुने जनसम्पर्क समिति युरोपियन समन्वय समितिको भेलामा स्पेनका तर्फबाट समितिका अध्यक्षको संयोजकत्वमा भागलिने निर्णय पनि गर्यो।
सेप्टेम्बर १२ तारिख सोमबारका दिन बी पी कप भलिबल प्रतियोगिता गर्ने निर्णयका साथ श्री पुष्पराज भन्डारिको संयोजकत्वमा राजु थापा, बेदराम कंडेल, सन्दिप मोहन भट्टराई र बालक्रिष्ण कंडेल सहितको ५ सदस्यिय कार्यक्रम व्यवस्थापन समिति गठन गर्यो। मुल्याङ्कन एवं अनुगमन उपसमितिद्वारा समितिमा प्राप्त प्रतिवेदनलाई यथासिघ्र कार्यान्वयन गर्दै जाने, नेपाली कांग्रेसको केन्द्रिय कार्यालयबाट प्राप्त क्रियाशिल सदस्यताको प्रमाणपत्र बितरण गर्ने लगायतका निर्णय गरिएको उक्त बैठकद्वारा मुटुका २ वटा भल्व फेर्नका लागी आर्थिक अभावका कारण जीवन मरणको दोसांधमा मृत्युसँग पौंठेजोरी खेल्दै गरेका नेपालको अर्घाखांची जिल्लाका १८ वर्षिय नरेश खत्रीलाई २० हजार नेपाली रुपैयां सहयोग गर्ने निर्णय पनि गरियो।

Wednesday, August 3, 2011
गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक १ अगस्त मा स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ
विष्णु रिजाल, स्पेन - गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक १ अगस्त मा स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ | समितिका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता बसेको उक्त बैठक ले विभिन्न निर्णयहरु गरेको छ |
समितिको सल्लाहकारमा पुर्ब निर्णय अनुसार निबर्तमान अध्यक्ष श्री अनिल गुरुङ रहनु भएको मा थप दुइ सल्लाहकारमा श्री मुक्त बहादुर गुरुङ र श्री गोपाल रेग्मी लाई राख्ने निर्णय गर्यो | छैटौ मस्को रिजनल कन्फरेन्स मा भाग लिनु भएका प्रतिनिधि श्री जगत्पाल सिलवाल ज्यु बाट सो सम्मेलन का उपलब्धि तथा बिबिध पक्षमा समितिलाई ब्रिफिंग गर्नु भएको थियो |
काठमाण्डौ मा हुनगैरहेको अन्तर्रास्ट्रिय सम्मेलन लाइ सफल गराउन र स्पेन बाट प्रनिधित्व गर्न चाहने साथीहरुले आगामी अगस्तको अन्तिम सातासम्म समितिमा इच्छा जाहेर गर्न अनुरोध गर्दै एन आर एन को सदस्यता अभियानलाइ अझ अघि बढाउने निर्णय गर्यो | कोषाध्यक्ष श्री केदार ढुंगाना द्वारा प्रस्तुत कल्याणकारी कोष अभिबृदी कार्यपत्र माथि छलफल गर्दै सोलाइ प्रभाबकारी र पारदर्सी बनाउने, पंजीकृत सदस्यता लिन चाहने साथीहरुलाई अगस्त अन्तिम सम्म सदस्यता खुला राख्ने र सो लाई निरन्तरता दिने जस्ता विभिन्न निर्णय गर्यो | सस्थालाई अझ प्रभाबकारी ,अनुशाषित ,मर्यादित बनाउन सस्थाका उपाध्यक्ष श्री बाबुकृष्ण कंडेल संयोजक र श्री गंगादेवी शर्मा सदस्य रहनेगरी अनुशासन समिति साथै महासचिब श्री बिष्णु रिजाल को संयोजकत्वमा श्री कृष्ण प्रसाद खनाल सदस्य रहनेगरी बिधान संसोधन तथा नियमाबलि मस्यौदा समिति गठन गरेको छ |
बैठक अन्तरास्ट्रिय समन्यन समितिका सदस्य श्री रामलाल कंडेल ज्यु को समुपस्थितिमा सम्पन्न भएको थियो | अन्तरास्ट्रिय युबा संजाल प्रतिनिधि प्रकाश अधिकारि तथा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि श्री एकराज गिरि ,श्री इस्वरी प्रसाद शर्मा , श्री जगतपाल सिलवाल, श्री दिपक खरेल ज्युको बिशेष उपस्थिति रहेको थियो |

Subscribe to:
Comments (Atom)