Sunday, December 23, 2012
किताब खाना र परराष्ट्र मन्त्रालय को लापरबाहीले विदेशमा रहेका प्रवासी नेपालीहरु प्रभावित
उमेश कुमार श्रेष्ठ, स्पेन - विगत केही समय देखि किताबखानाले डकुमेन्ट ट्रान्सलेशन गर्ने कार्य बन्द गरेको छ र किताबखानाले नोटरीलाई ट्रान्सलेशन गर्ने जिम्मा दिएको छ तर नोटरीबाट ट्रान्सलेशन भएका डकुमेन्टलाई परराष्ट्र मन्त्रालयले लीगलइज गर्न अस्वीकार गर्दै आएको छ यी दुई सरकारी कार्यालयहरुको आपसी समन्वयको अभावमा प्रवासी नेपालीहरुलाई निकै अफ्ठयारो झेल्न परेको छ।
नोटरीबाट ट्रान्सलेशन भएको डकुमेन्टहरुलाई परराष्ट्र मन्त्रालायले लीगलाइज नगरने हुँदा अहिले नगरपालिका र गा. वि. स विवाह दर्ता प्रमाण पत्र, जन्म दर्ता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य डकुमेन्ट अंग्रेजी भाषामा जारी हुने गरेको छ। तर ती डकुमेन्टहरुलाई परराष्ट्र मंत्रालयले attested नगरने र seen at foreign ministry भनेर छाप लगाउने गरेको छ। उक्त डकुमेन्टहरुले विदेशमा कुनै मान्यता प्राप्त गर्न सकेको छैन। सोही कारण आप्रवासी नेपालीहरुको धेरै कामहरु अलपत्र परेको छ। यस्तो गम्भिर कुराको अवगत हुँदा हुँदै पनी सरकार कानमा तेल हालेर बसेको छ।
यसले आप्रवासी नेपालीहरुमा ठुलो अन्योल सृजना गरेको छ। यसको लागी आप्रवासी नेपालीहरुको हक हितको लागी आवाज उठाऊन गठित संघ संस्थाहरुले यथा शीघ्र पहल गर्नुपर्ने अवस्था आएको छ।
Wednesday, October 24, 2012
स्पेनमा नेपाली हरुको बिजया दशमी को रमझम
उमेश श्रेष्ठ,
जहाँ नेपाली हरु त्याहा नेपाली सास्कृत र नेपाली परम्परा हुनु स्वाभाविक हो बिजया दशमी को अवसरमा स्पेन मा पनि नेपाली हरुको रमझम का साथ बिजय दशमीको कार्यक्रम भव्यता का साथ मनाईएको खबर हरु आईरहेका छन् केहि समय युरोपियन देश हरुमा राजदुतावास हरु बाट कार्यक्रम हरु राखिएका छन् भने स्थानीय सघं सस्था तथा एन आर एन हरुले कार्यक्रम हरु राखी नेपाली परम्परा अनुसार बिजया दशमी को शुभ कामना आदान प्रदान गरि नेपालि सास्कृत को परम्परा संरक्षण गर्न सफल भएका छन् भन अर्कोतिर सबै नेपाली एकै हुन् भन्ने उदेस्यले एकै छाता मुनि बसी भोज भोजन तथा नेपाली परम्परा अनुसार बिजया दशमी को टिका ग्रहण गरेको समाचार प्राप्त भएका छन् गत २ दिन अघि जर्मनी राजदुतावास बाट बिजया दशमी को कार्य क्रम तथा शुभकामना आदान प्रदान गरेका थिए, भने स्पेन को एन आर एन ले पनि आफ्नो साधारण सभा तथा बिजया दशमी को कार्यक्रम गरेको स्थानीय समाचार दाता हरु बाट थाहा हुन् आएको छ त्यस्तै स्पेन को अलिकान्ते स्थित एक नेपाली रेस्टुरेन्ट माउन्ट एभरेस्ट मा स्थानीय नपाली दाजु भाइ तथा दिदि बहिनि हरु जम्मा भई भव्यता का साथ बिजया दशमी को कार्यक्रम गरेका छन् स्पेन मा प्राप्त समाचार अनुसार बार्सिलोना मा बिजया दशमी को कार्यक्रम गरि सकेका छन् भने माद्रिड मा कार्यक्रम गर्ने तयारि मा छन् त अलिकान्तेका गोर्खा रेस्टुरेन्ट , एभरेस्ट रेस्टुरेन्ट पिलार मा बिजया दशमी को दिन पारि कार्य क्रम गरिएको छ स्पेन को अलिकान्ते स्थित माउन्ट एभरेस्ट माइ ब्यापक नेपाली को सहभागी भएका थिए प्राप्त समाचार अनुसार मुर्सिया , तोरिभेखा , तथा सेरो फेरोका नेपालीहरुको सहभागी थियो भने नेपाली समाज स्पेन का सभापति जगन्नाथ डाँडा कटेरिको समेत उपस्तिः थियो तोरि भेखा बाट प्रकाश थापा , मुर्सिया बाट खगराज कंडेल र नेपाली बुद्द तन्दुरी रेस्टुरेनट बाट सम्पूर्ण नेपाली दाजुभाई को सहभागी थियो भन कार्यक्रम को आयोजक माउन्ट एवेरेस्ट रेस्टुरेन्ट का मालिक राम रोक्का रहनु भएको थियो उपस्थित को लागि खाना को निशुल्क प्रदान गरिएको थियो / स्मरण रहोस स्पेन को हक मा अन्य नेपाली रेस्टुरेन्ट मा उपस्थित को लागि रकम तोकी आम्दानी को श्रोत चाड पर्व लाई बनाईएको छ भने एभरेस्ट रेस्टुरेन्ट ले निशुल्क स्वागत गरेको थियो /
Saturday, August 18, 2012
नेपाली समाज स्पेन को प्रेश बिज्ञप्ति
लामो समय देखि नेपालीहरुको माझमा सक्रिय क्रिया कलाप का साथ समस्याको लागि संघर्ष शिल व्यक्ति रामलाल कंडेल बिगत लामो समय देखि बार्शिलोना स्थित HOSPITALSANT PAU मा स्वास्थ उपचार क्रममा रहनु भएको ले उहाको शीग्र स्वास्थ लाभको कामना गर्दछौ / जन सम्पर्क समिति संग सम्बन्धित व्यक्तित्व रामलाल कंडेल गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वयन समितिको तथा अन्य सामाजिक संघ सस्था मा समेत सक्रिय भूमिका निभाउदै स्पेन बासि नेपालीहरुको साझा व्यक्तित्व हुनुन्छ /
नेपाली समाज स्पेन
अध्यक्ष
जगन्नाथ डाँडा कटेरी
Thursday, August 9, 2012
तमु ( गुरुङ) समाज बार्सिलोनाले मनायो ट्होटेपर्ब
"आफ्नो भाषा,भेष -भुषाको र संस्कृतिको रक्षा गरौ ट्होटेपर्ब भब्य रुपमा मनाउ" भन्ने नाराका साथ बिगतका बर्षहरुमा झैँ यसबर्ष पनि तमु समाज बार्सिलोना स्पेनले गत ३० जुलाई २०१२ मा रमरिया शहर बार्सिलोनाको उच्चभागमा पर्ने मुन्त्जुइक् पार्कमा आफ्नो चौथो ट्होटेपर्ब रमाइलो र भव्यताका साथ मनायो।
उक्त ट्होटेपर्ब कार्यक्रमलाई विभिन्न चरणमा बिभाजन गरिएको थियो भने प्रथम चरणमा मासु ,पुलाउ अचारको स्वादमा खानपिन कार्यक्रमको आयोजाना गरिएको थियो ।
दोश्रो चरणमा औपचारिक कार्यक्रम राखिएको थियो जसअनुसार तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष ओमर बहादुर गुरुङले आसन ग्रहण गर्नु भएपछि परिचय कार्यक्रम शुरु भएको थियो।
यूकेबाट पाल्नु भएका एभरेस्ट टाइम्सका सम्पादक हरि कुमार गुरुङ र उहाका परिवार, हमबर्ग जर्मनी बाट पाल्नु भएका नेपाली आदिबासी जनजातीका उपाध्यक्ष बिजय गुरुङ ,तमु समाज हामबर्गका उपाध्यक्ष श्रीमती शशी गुरुङ ,श्रीमती अनु गुरुङ साथै नानी बाबुहरु तथा तमु समाज बार्सिलोनाका सदस्यहरु बिचमा पारिवारिक बातावरणमा परिचय कार्यक्रम सम्पन्न भए लगतै तमाजाका तर्फबाट यूके र जर्मनीबाट पाल्नु भएका पाहुनाहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
यसैगरी भर्खरै स्पेनमा सम्पन्न भएको दुइ राजनीतिक दलहरु नेपाली लोकत्रान्त्रिक मंच स्पेन र नेपाली जनसम्पर्क समिति स्पेनको महाधिबेशनहरुबाट बिभिन्न पदमा निर्बिरोध निर्बाचित हुनु भएका तमु समाज बार्सिलोना स्पेनका सक्रिय सदस्यहरु मुक्त बहादुर गुरुङ , दिनेश गुरुङ, श्रीमती दीपा गुरुङ र रोशन गुरुङलाई पनि समाजको तर्फबाट अध्यक्ष ओमर बहादुर गुरुङले खादा लगाई उहाँहरुको कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।
समाजका जेस्ठ सदस्य धन बहादुर गुरुङले उपस्थित सबैजनालाई समाजको तर्फबाट स्वागत मन्तब्य राख्नु भएपछि समाजका सदस्य तथा नेपाली लोकतान्त्रिक मंच स्पेनका अध्यक्ष मुक्त गुरुङ ,महासचिब दिनेश गुरुङ र जना सम्पर्क समिति स्पेनका सदस्य रोशन गुरुङ र यूकेबाट पाल्नु भएका पत्रकार हरि कुमार गुरुङले आ - आफ्नो विचार राख्नु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन गर्नु हुदै समाजका अध्यक्ष ओमर बहादुर गुरुङले ,समर पिकनिक २०१२ तथ ट्होटेपर्ब २०६९ लाई सफल पार्न सहयोग गर्नुहुने सबैजनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
तेश्रो चरणमा ट्होटेपर्ब खेलकुद संयोजक दुर्गा गुरुङबाट लट्ठो तान्ने तथा घैटो फुटाल्ने जस्ता रमाइला खेलहरु आयोजाना गर्नु भएको थियो ।
त्यसको लगतै पार्कमा रमाइलो संगीतमय बातावरणमा उपस्थित सम्पर्ण तमुहरु नाचगानमा झुमेका थिए । समयले नेटो काटेर झिम-झिम अँधेरो बातावरणमा पनि पुरा पार्क नेपाली गीत संगीतले गुन्जमान भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा समाजका अध्यक्षबाट लट्ठो तान्ने खेलमा प्रथम हुने महिला तथ आमा टो,लि , पुरुष टोलीका टिम प्रमुख हरुलाई तथा घैटो फुटाल्ने खेलमा प्रथम हुने सुश्री दिछ्यंत गुरुङ यू.के, दोश्रो हुने बिजय गुरुङ जर्मनी र तेश्रो हुने श्रीमती माया गुरुङलाई पुरस्कारहरु प्रदान गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा स्पेनको मालागा शहर बस्नु हुने बिगत २ बर्ष देखि ब्लड क्यान्सरले पिडित ओम बहादुर गुरुङको लागी आर्थिक सहयोग रकम संकलन गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा समाजका महासचिब गौतम गुरुङले पनि उपस्थित सबैलाई धन्यवाद दिदै समर पिकनिक २०१२ तथा ट्होटेपर्ब २०६९ कार्यक्रमलाई ड्रिंक्स (पेय पदार्थ ) प्रायोजन गर्नु भएका एभरेस्ट अलिमन्तसिओन् का संचालिका / संचालक समाजका उपाध्यक्ष श्रीमती ज्योति गुरुङ र सदस्य दिनेश गुरुङलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
झिम झिम नाझिमकाउ परेली भुतुकै हुन्छु म भन्ने गीतमा दोहोरि गाउदै आउदो तमु ल्होसारमा भेट्ने बाचा गर्दै कार्यक्रम समाप्त भएको थियो ।

Wednesday, August 1, 2012
गैर आबासीय नेपाली संघ स्पेन को चौधौ बैठक स्पेन को बार्सिलोना मा सम्पन्न
२६ जुलाई २०१२ का दिन गैर आबासीय नेपाली संघ स्पेन को चौधौ बैठक स्पेन को बार्सिलोना मा सम्पन्न भएको छ | सस्थाका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्यु को अध्यक्षतामा सम्पन्न भएको सो बैठक को संचालन महासचीब श्री बिष्णु रिजाल ले गर्नु भएको थियो | सो बैठकमा आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , उपाध्यक्ष श्री प्रकाश तिमिल्सिना ,श्री केदार ढुंगाना , श्री चिन्तामणि सापकोटा , श्री उमेश प्रसाद अधिकारी ,श्री राजु थापा ,श्री रामचन्द्र भट्ट , श्री गंगादेवी शर्मा , जन सम्पर्क समिति अध्यक्ष श्री एकराज गिरि , एन डी एफ प्रतिनिधि श्री शिव कुमार लामिछाने , टास्क फोर्स सदस्य श्री जगत्पाल सिलवाल ज्यु लगायत को उपस्थिति रहेको थियो |
बैठक मा बिगत १ महिना भित्र एन आर एन स्पेन ले आयोजना गरेका बिबिध कार्यक्रम हरु को समिक्षा गरिएको थियो |नेपालि दुताबास पेरिस का बिशेष प्रतिनिधि श्री भरत खनाल ज्यु संग गरिएको अन्तरक्रिया कार्यक्रम प्रभाबकारी रहेको ठहर गर्दै नेपाली दुताबास लाइ धन्यबाद साथै अझ बढी सहकार्यताको लागि अग्रसर हुने निर्णय गर्यो | साथसाथै कल्याणकारी रात्रि भोज आशातित सफल भएको समिक्षा गरियो | पूर्व गृहमन्त्री श्री भिम रावल ज्यु संग गरिएको चियापान तथा अन्तरक्रिया कार्यक्रम छोटो समय तथा व्यस्तताका बिच पनि सम्पन भएको मा सो को बिबिध पक्ष बिच छलफल गरियो | नेपाली समुदायलाई काउन्सिलर लुइस बेल्भिस ले गरेको निरन्तर २५ बर्ष को सेवा प्रसंसिनिय रहेको ठहर गर्दै नेपालको पर्यटन तथा दिगो बिकाशमा उहाले गरेको अतुलनीय कार्यको मुल्यांकन गर्न नेपाल सरकारको ध्यान आक्रिस्ट गर्ने निर्णय का साथ बिजया दशमी २०६९ संगसंगै पारेर सस्थाको साधारण सभा पनि गर्ने निर्णय गर्यो |
बैठकमा सामुहिक लगानी बिस्तार र कार्य अघि बढाउने बारेमा पनि छलफल भएको थियो | बिजया दशमी कै अबसरमा सस्थाको स्थापना देखि हाल सम्म दस्ताबेजको कै रुपमा एन आर एन स्मारिका निकाल्ने निर्णय गर्दै सो सम्बन्धि कार्य अघि बढाउन सम्पादन तथा संयोजक मण्डल गठन गरियो जसको संयोजकमा श्री बिष्णु रिजाल तथा सदस्यहरुमा श्री प्रकाश तिमिल्सिना , श्री केदार ढुंगाना , श्री उमेश प्रसाद अधिकारि , श्री कृष्ण प्रसाद खनाल रहनु भएको छ | बैठकमा, स्पेनको भ्यालेन्सियामा दुर्घटना परि मृत्यु भएका स्वर्गीय उमेद सिंह बोहरा लाइ एन आर एन स्पेन ले गरेको आर्थिक सहयोग को रकम बिशेस कारणले एन आर एन केन्द्रिय कार्यालय मा रोकिएकाले सो रकम हस्तान्तरण गरिएको जानाकारी साथै , आज सम्म पदेन सदस्य भै सस्थामा निरन्तर सहयोग गरेकोमा ज स स का अध्यक्ष श्री एकराज गिरि ज्यु लाइ आभार प्रकट गर्दै एन् आर एन का सदस्य श्री चिन्तामणि सापकोटा ज्यु जन सम्पर्क समिति स्पेन को अधक्ष मा निर्बाचित भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिने निर्णय गरिएको थियो | साथै स्पेन बाशी नेपाली हरुले कुनै लेख रचना तथा तथ्यपरक सान्धर्भिक बिषय बस्तु स्मारिका मा छपाउन चाहेमा स्मारिका प्रकासन समिति का व्यक्तिहरु तथा nrnaspain@hotmail.com मा पठाउन अनुरोध समितिले गरेको छ |
महासचिब
बिष्णु रिजाल

Tuesday, July 24, 2012
नेपाली जन सम्पर्क समिती, स्पेनको अधिवेशन सम्पन्न
दिपक सुबेदी, बर्सिलोना - राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको मुल मर्म र धर्मलाइ पूर्ण निष्ठा आश्था र विश्वासका साथ आत्मसाथ गर्दै आएका प्रवासी नेपालीहरुको जेष्ठ संस्था नेपाली जन सम्पर्क समिती, स्पेनको अधिवेशन यही जुलाइ २३ मा सु-सम्पन्न भएको छ। जन सम्पर्क समिती, स्पेनका अध्यक्ष श्री एकराज गिरीको सभापतित्वमा सञ्चालित अधिवेसनमा प्रमुख अतिथीको आतिथ्य ग्रहण जन सम्पर्क समिती युरोप समनवय समितीका उपाध्यक्ष श्री पुष्प राज भण्डारीले गर्नु भएको सो कार्यक्रमको संचालन संस्थाका महामन्त्री श्री दीपक सुबेदीले गर्नु भएको थियो । विशेष अथितीको रुपमा एन आर एन, स्पेनका अध्यक्ष श्री अर्जुन काफ्ले तथा जन सम्पर्क समिती युरोप समनवय समितीका सदस्य श्री चिन्तामणी सापकोटा उपस्थित रहनु भएको थियो भने नेपाली जन सम्पर्क समिती, नेदरल्यान्ड/एन डी. एफ, स्पेन/जन-प्रगतिशिल मञ्च, स्पेन / चितवन समाज/ अन्तराष्ट्रिय कलाकार मञ्च / तमु समाज/ मगर संघ लगायतका विभिन्न संघ संस्थाहरूको प्रतिनिधित्व रहेको थियो।
ज्ञात अज्ञात शाहीदहरुको सम्मानमा मौनधारणा र अग्रज स्वर्गिय नेताहरुको तस्विरमा टिका तथा माल्यार्पण गर्दै शुरु भएको अधिवेसन प्रमुख अतिथी ज्यु बाट पानशमा दीप प्रज्वोलन साथै तेश्रो अधिवेशन को ब्यानर खोलेर अधिवेशनका सभापति बाट संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष श्री सालीकराम डुम्रे ले स्थापना कालमा कल्पना गरिए अनुरुप सोही धरातलमा टेकेर आज सर्बसम्मत कार्यसमिती निर्माण गर्न सकियकोमा खुशी ब्यक्त गर्दै अधिबेशनमा सहभगिता जनाउनु भएकोमा सम्पूर्ण प्रमुख अथिति, विशेष अतिथी, संघ संस्थाका प्रतिनिधि एवं उपस्थित सबैमा स्वागत तथा धन्यवाद प्रकट गर्नु भयो।
अतिथिको आसनबाट मन्तव्य प्रकट गर्नुहुने संपूर्ण बक्ताहरुले स्पेनमा रहेका हरेक संघ-संस्था /समाज /मन्चहरुले एक आपसमा समन्वय गर्दै हरेक नेपाली चाड-पर्व तथा सामाजिक कार्यक्रमहरुका साथै स्पेन वासी सम्पूर्ण नेपालीहरुका हक-हित, समस्या र समाधान लगाएत नेपालीहरुका हरेक सुख:दुखमा जन सम्पर्क समिती स्पेनले अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा विगतका कार्यकालमा भए गरेका कामहरु को लागि धन्यवाद ज्ञापन र नेपालीका संघ/ संस्था र नेपाली-नेपाली विच अझै यो सम्बन्ध प्रगाढ बनाउन आगामि नेत्रित्वको कार्यकालमा बढी सफलता मिल्न सकोस भन्दै शुभकामना तथा सुभेक्षा प्रकट भएका थिए ।
स्वदेशमा रहँदा होस वा विदेशमा हरेक नेपालीले सामुहिक हित लागि र सामाजिक उत्तरदायित्व निर्वाह गर्नका साथ साथै कला संस्कृती संरक्षण र संवर्धनका लागि संगठित हुनु स्वभाविक हो यधपी यसरी गठित क्षेत्रिय तथा जातिय प्रतिनिधि मुलक संघ संस्था हरुले एकपटक जातिय र क्षेत्रिय भावना भन्दा माथि उठेर सबैभन्दा पहिले हामी सबै नेपाली हौ भन्ने बुझ्नु पर्ने समय भएको धारणा प्रमुख अतिथी श्री पुष्प राज भण्डारीले आफ्नो मन्तब्यको क्रममा राख्नु भयो। सबै भन्दा पहिले संघ संस्था हरु विचको सहकार्य, सांगठनिक एकता र संस्थागत हित लाई केन्द्र बनाएर अगाडि बढ्नु नयाँ कार्य समितीको मुख्य काम हुनुपर्नेमा उहाँको जोड रहेको थियो।
संस्थाका अध्यक्ष तथा अधिवेशनका सभापति श्री एकराज गिरीले आफ्नो कार्यकालमा अहोरात्र खट्नुहुने कार्यसमितिका साथीहरु, सलाहकारहरु एवं सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अधिवेसन सम्पन्न गर्न मुख्य भूमिका खेल्नुहुने समनवय समिती तथा निर्वाचन समितीका साथीहरु प्रती आभार ब्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा भए गरेका कामहरुको समिक्षा गर्दै सोचे अनुसारको सबै कामहरु सम्पन्न गर्न नसकिएता पनि आफ्नो कार्यकालमा धेरै राम्रा कामहरु गरिएको भन्दै कतिपय काम हरु जन स्तरबाट चासो न देखाएकाले र कतिपय काम हरु समनवय र सहकार्य नभै ब्यक्तिगत स्वार्थका कारण सम्पन्न गर्न न सकियको भन्दै आफ्नो गुनासो रहेको बताउनु भयो भने संस्थाका महामन्त्री श्री दीपक सुबेदी ले आफ्नो कार्यकालको कार्य प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो।
प्रथम चरणको कार्यक्रमको आन्त्य तिर निर्वाचन समिती संयोजक श्री भक्त राज भुसालले नवगठित कार्यसमितीको घोषणा गर्दै अधिवेशनका प्रमुख अतिथी , सभापति तथा विशेश अतिथीहरुबाट श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा गठित सर्वसम्मत कार्यसमितीका सदस्यहरु लाई टिका तथा प्रमाण पत्र वितरण गरियो ।
नव निर्वाचित अध्यक्ष श्री चिन्तमणी सापकोटा ले आज गरियका बाचा बरु फिक्का हुन सक्छन भन्दै बाचा भन्दा भोली गर्ने काम महत्वपूर्ण हुने भन्दै आगामी दिनमा सबै को सहयोग भएमा आफ्नो नेत्रित्वोमा गठित कार्यसमितीले आफ्नो कार्यकालमा स्पेन वासी नेपाली हरुले सम्झन लाएक धेरै काम गरेर देखाउने प्रतिवद्दत जाहेर गर्नु भयो ।
प्रजातान्त्रिक पद्दतिमा सर्वसम्मत कार्य समिती चयन हुन सक्नु एउटा विशिस्ट परिस्थिती हो त्यसमा पनि जन संपर्क समिती, स्पेनको विगतलाई हेर्दा आजको यस निर्णय सम्म पुग्न त्यती सहज पक्कै पनि थिएन तथापी समनवय समितीको अथक प्रयास र मेहेनतबाट आम जन चाहना अनुरुप जन संपर्क समिती , स्पेनका संस्थापाक अध्यक्ष रही सक्नु भएका श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा सर्वसंमत कार्यसमिती गठनको इतिहास रचन सफल भएका छन यसो भनि रहंदा निर्वाचनको प्रकृयालाई समेत स्विकार्दै उमेद्वारी घोषणा गरिसक्नु भएका साथीहरु लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट संलग्न संपुण साथीहरुको त्याग र सहयोगको सही मुल्यांनकन हुन अत्यान्त जरुरी छ भन्ने अभिमतहरु त प्रसस्त प्रकट भएका छन तर पनी आगामी दिनहरुमा नयाँ नेत्रीत्वका प्रतिवद्दता तथा भावी कार्यक्रम र कार्यसमिती बाहिर रहनु भएका साथीहरुको भूमिका ले व्यबहारिक दिशा कस्तो लिने छ त्यो त हेर्न बाँकी नै छ ।
कार्यक्रमाको प्रथम चरणमा पनि स्थानिय कलाकार बहिनीहरुका लोक नृत्य प्रस्तुत गरिएका थिए भने दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट पाल्नु भएकी चर्चित लोक दोहोरी गायिका श्री शकुन्तला थापाको जब जब ¨ढिला भईसक्यो, तिम्रै बाटो कुर्दैमा निर्माया बैस गैसक्यो ¨ बोलको गीत संगै तातेको सांगितिक कार्यक्रम, सुन्तला र स्याउ पिरती लाउने भए अल्ली वर आउ´ सम्म आइपुग्दा सम्म त मञ्च घेरिसकिएको अवस्था थियो अन्तत ´´झिम झिम सानु न झिम्काउ परेली भुतुकै हुन्छु म´´ वोलको दोहोरी चली रहँदा सायदै भुतुक्क नहुने दर्शक भेट्न गर्हो भईसकेको थियो। अधिवेशन कार्यक्रमको समापन गर्दै सभापतिले बोल्दा होस वा कार्यक्रमको समयाबधी सकियको घोषणा गर्दा सम्म सांगितिक तापमान घटाऊन आयोजकलाई हम्मे हम्मे परेको थियो।
नब गठित कार्यसमिती
अध्यक्ष – श्री चिन्तामणी सापकोटा
उपाध्यक्ष- श्री सालीकराम डुम्रे
महामन्त्री- श्री वेदराम कंडेल
कोसाध्यक्ष – श्री ईन्द्र शर्मा
सदस्यहरु-
श्री उमेश अधिकारि
श्री विनोद ढकाल
श्री रामु चालिसे
श्री रोशन गुरुङ
श्री विनय श्रेष्ठ
श्री दिलिप रेग्मी
श्री पुरुषोत्तम भट्टराइ
श्री विनोद लामिछाने

Friday, July 13, 2012
जनसम्पर्क समिति स्पेन को तेस्रो महधिबेसन यहि जुलाई २३ मा हुने
दिपक सुबेदी, स्पेन - राष्ट्रियता, प्रजातन्त्र र समाजबादको मुल मर्मलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसको भात्री संगठनको रुपमा सन् २००७ मा गठित जनसम्पर्क समिति अहिले तेस्रो महधिबेसनको संघारमा उभियको छ। स्पेनमा बस्ने नेपालीका सूख दु:खमा साथ दिंदै स्पेनकै जेठो र सक्ति साली संगठनको रुपमा रहेको जनसम्पर्क समिति स्पेनको तेस्रो महधिबेसन यहि जुलाई २३ तारिक सोमबारका दिन हुन गइरहेको छ। c-sicilia ३२१ metro २ sagradaa familia मा हुन गइरहेको उक्त महधिबेसन दिनको ठीक ३ बजे सुरु हुने छ। एतिहासिक अनि एकताको अधिबेसनको रुपमा हेरियको यो अधिबेसन सफलता पुर्बक सम्पन्न गर्नको लागि ब्यापक तयारी पनि भइरहेको छ। २ पटक सम्म लगातार निर्बाचन प्रक्रियाबाट गठित कार्य समिति यो पटक सर्ब सम्मत भएको छ। काम गर्न हौसियका नयाँ साथीहरूलाई जिम्बेवारी सुम्पीदै पुरानो कर्यसमितिका साथीहरू बहिरिने क्रममा रहेका छ्न।
एउटा मुल्याङ्कन र सिस्टमको परिपाटी नबस्दा संगठनमा दु:ख गरेका र सधैं संगठनको हित चाहने ब्यक्तिहरूमा नैरास्यता छाएको छ। सङगठ्नका कार्यक्रम र बैठकमा सधैं अनुपस्थित रहने र अधिबेसनको बेलामा आएर भाडभैलो मच्चाउने ब्यक्तिहरूनै अगाडी पारेको देखिन्छ्। जे भए पनि एक पटक समिति एक भएर जाहोस् सिस्टम र मुल्याङ्कनको प्रक्रिया सुरु होस् भन्नको लागि नै यो समिति सर्व सम्मत भएको हो र सर्व सम्मत कर्यसमितीको नामवली अधिबेसनको दिन निर्बाचन संयोजक ज्यु ले प्रस्तुत गर्नु हुने छ।
उक्त दिन अधिबेसनलाई थप रौनक बनाउनको लागि खान पिन साथै चर्चित लोकदोहोरी गायिका सकुन्तला थापाको उपस्थितीमा संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। र स्पेन बासी नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उपस्थित भइदिनु हुन बिनम्र अनुरोध गरिएको छ र स्पेनमा रहेका सँग संगठनलाई पनि निमन्त्रणा पत्र पठाइ सकियको र पत्र प्राप्त नभएमा यसैलाई आधिकारिक सूचना मानी उपस्थित हुन अनुरोध् गरिएको छ। र जनसम्पर्क समिति गठन भएका युरोपका देशका अध्यक्ष साथै प्रतिनिधिलाई पनि अधिबेसनमा अतिथिको रुपमा उपस्थित भइदिन निमन्त्रणा पठाइ सकियको छ।

Wednesday, June 20, 2012
एन आर एन स्पेन को अन्तरक्रिया र कल्याणकारी रात्रि भोज सम्पन्न
महासचिब
बिष्णु रिजाल
गैर आबासीय नेपाली संघ रास्ट्रीय समन्यन परिषद को आयोजनामा स्पेनको बार्सिलोना मा एन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | नेपाली समुदायका समस्याहरुको पहिचान गरि समाधानमा के कसो गर्न सकिन्छ भनि आयोजित सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्युले गर्नु भएको थियो भने संचालन महासचिब श्री बिष्णु रिजाल ले गर्नु भएको थियो | उपस्थिति सबैलाई स्वागत भाषण सस्थाका उपाध्यक्ष श्री बाबुकृष्ण कंडेल गर्नु भएको थियो |सो कार्यक्रमलाई सम्बोधन गर्न नेपाली दुताबास पेरिस बाट महामहिम राजदुत श्री मोहनकृष्ण श्रेष्ठ ज्यु अघिल्लो दिन नै बार्सिलोना आउनु भएपनि नेपाल सरकारको बिशेस अनुरोधमा अत्यन्त जरुरि परेकाले इटाली प्रस्थान गरेपछी कार्क्रमलाई प्रमुख अतिथिको रुपबाट दुताबासका प्रतिनिधि श्री भरत खनाल ज्यु ले सम्बोधन गर्नु भयो | ब्यापक नेपाली जन समुदाय को उपस्थिति रहेको सो कार्यक्रम मा स्थानीय समस्याको बारेमा एन आर एन को स्थानीय समस्या संकलन तथा समाधान सुझाउने उप समितिका संयोजक श्री एकराज गिरीले समस्याहरु राख्नु भएको थियो | छुट भएका समास्याहरुलाई एक एक गरि इछुक व्यक्ति हरुबाट राखी समाधानमा सलारिकरण गरिएको थियो | प्रमुख अतिथि श्री खनाल ज्यु ले यहा भएका समस्या केहि भए एन आर एन मार्फत आउदा दुताबास बाट समस्या समाधान मा सजिलो भैदिने भएकाले सो गरिदिनुहुन आग्रह गर्दै एन आर एन स्पेन ले गरेको यस्तो प्रतक्ष गतिविधिको प्रशंसा गर्नुभयो | कार्यक्रमलाई बिशेस अतिथि एन आर एन आइ सी सी सदस्य श्री पुस्पराज तिमिसिना ले स्पेन का गतिबिधि बताउदै दुताबासबाट अझ सहयोग को आशा राख्नु भयो | सो कार्यक्रम सुरु हुनु र अघि र पछी अति आबस्यक भएका हरुलाई अस्थाई नेपाली राहदानीको प्रमाण पत्र पनि वितरण गरिएको थियो | कार्यक्रम को बिसर्जन गर्दै अध्यक्ष काफ्ले ज्युले एन आर एन स्पेन ले गरेका कामहरु को बारेमा प्रकाश पार्दै स्पेनमा नेपाली दुताबास ल्याउनु नै अहिले यो एन आर एन कार्यसमितिको प्रमुख उदेस्य रहेको कुरा बताउनु भयो | सो कार्यक्रम बिशेष अतिथिको को रुपमा काउन्सिलर लुइस बेल्भिस ले बोल्नु भएको थियो |अतिथिको रुपमा जन सम्पर्क समिति स्पेन का अध्यक्ष एकराज गिरि , लोकतान्त्रिक मंच का काबा अधक्ष मुक्त गुरुङ , मगर संघका महासचिब राजु थापा ,तमु समाजका महासचिब गौतम गुरुङ , चितबन समाजका अध्यक्ष बिनोद ढकाल , टास्क फोर्स सदस्य जगत्पाल सिलवाल ज्यु हरुको उपस्थीति रहेको थियो
अन्तरक्रिया कार्यक्रम समाप्ति पछी आयोजना गरिएको रात्रि भोज पनि श्री भारत खनाल ज्युको प्रमुख आथित्यमा भएको थियो | नेपाल मा कल्याणकारी काम मा सहयोग गर्न भनि सुरुवात गरिएको सो कार्यक्रम प्रमुख आकर्षण बनेको थियो |

Saturday, June 2, 2012
चितवन समाज स्पेनको दोश्रो महाधिबेशन सम्पन्न
स्वर्णिम भविष्यको खोजीमा आफ्नो मातृभूमि भन्दा पर रहेर पनि आफ्नो देश र मातृभूमि प्रतिको स्नेह जोगाइ ,स्पेनभरि छरिएर रहनु भएका चितवन बासि दाजु भाई दिदिबहिनिहरु बीच आपसी सामिप्य बढाउने उदेश्यले सन २००९मे १८ तारिकका दिन स्पेनको बार्सिलोनामा गठन भएको चितवन समाज स्पेनले आफ्नो दोश्रो महाधिबेशन मे २८ का दिन स्पेनको बार्सिलोनामा सम्पन्न गरेको छ ।
दुइ चरणमा विभाजन गरेर सम्पन्न गरिएको उक्त कार्यक्रममा पहिलो चरण अन्तरगत चितवन समाज स्पेनको दोश्रो महाधिबेशन तथा बन्दसत्र चलेको थियो ।
समाजका अध्यक्ष जगतपाल सिलवालको सभापतित्व, उपाध्यक्ष्य थानेश्वर भुसाललको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा संस्थाका सल्लाहकार एबम अथितिद्वय रामलालकंडेल र मेघराज कंडेल (साईराम)मध्येबाट रामलाल कंडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति तथा चितवन समाज स्पेन दोश्रो महाधिबेशन समन्वय तथा निर्बाचन समिति संयोजक जगतपाल सिलवालले चितवन समाज स्पेनको सबैसंगको सरसल्लाह पश्चात गठित सर्बम्मत निर्वाचित नया कार्यसमिति घोषणा गर्नु भएको थियो ।
थानेश्वर भुषाल, चिन्तामणि सापकोटा र पदम दवाडी रहेका निर्वाचन समितिले विनोद ढकाललाइ अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा बसन्तराज रेग्मी, सचिब बसन्तराज रेग्मी, सहसचिव बेदराम कंडेल, कोषाध्यक्ष रामचन्द्र भट्टलाइ निर्वाचित गरेको छ । यसैगरी समाजको सदस्यहरुमा उमेश प्रसाद अधिकारी, भरतराज गौतम, विवेक सापकोटा, हरि उप्रेती, तेजेन्द्र रिजाल, मोहन पौडेल, राजु थापा, हेम पाण्डे रहेका छन भने पदेन सदस्यहरुमा प्रकाश अधिकारी, भोजराज सापकोटा, राजिव काईराला रहेका छन बाकी पछि विस्तार गरिने पनि बताइएको छ ।

Subscribe to:
Comments (Atom)