Wednesday, August 1, 2012

गैर आबासीय नेपाली संघ स्पेन को चौधौ बैठक स्पेन को बार्सिलोना मा सम्पन्न

२६ जुलाई २०१२ का दिन गैर आबासीय नेपाली संघ स्पेन को चौधौ बैठक स्पेन को बार्सिलोना मा सम्पन्न भएको छ | सस्थाका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्यु को अध्यक्षतामा सम्पन्न भएको सो बैठक को संचालन महासचीब श्री बिष्णु रिजाल ले गर्नु भएको थियो | सो बैठकमा आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , उपाध्यक्ष श्री प्रकाश तिमिल्सिना ,श्री केदार ढुंगाना , श्री चिन्तामणि सापकोटा , श्री उमेश प्रसाद अधिकारी ,श्री राजु थापा ,श्री रामचन्द्र भट्ट , श्री गंगादेवी शर्मा , जन सम्पर्क समिति अध्यक्ष श्री एकराज गिरि , एन डी एफ प्रतिनिधि श्री शिव कुमार लामिछाने , टास्क फोर्स सदस्य श्री जगत्पाल सिलवाल ज्यु लगायत को उपस्थिति रहेको थियो |
बैठक मा बिगत १ महिना भित्र एन आर एन स्पेन ले आयोजना गरेका बिबिध कार्यक्रम हरु को समिक्षा गरिएको थियो |नेपालि दुताबास पेरिस का बिशेष प्रतिनिधि श्री भरत खनाल ज्यु संग गरिएको अन्तरक्रिया कार्यक्रम प्रभाबकारी रहेको ठहर गर्दै नेपाली दुताबास लाइ धन्यबाद साथै अझ बढी सहकार्यताको लागि अग्रसर हुने निर्णय गर्यो | साथसाथै कल्याणकारी रात्रि भोज आशातित सफल भएको समिक्षा गरियो | पूर्व गृहमन्त्री श्री भिम रावल ज्यु संग गरिएको चियापान तथा अन्तरक्रिया कार्यक्रम छोटो समय तथा व्यस्तताका बिच पनि सम्पन भएको मा सो को बिबिध पक्ष बिच छलफल गरियो | नेपाली समुदायलाई काउन्सिलर लुइस बेल्भिस ले गरेको निरन्तर २५ बर्ष को सेवा प्रसंसिनिय रहेको ठहर गर्दै नेपालको पर्यटन तथा दिगो बिकाशमा उहाले गरेको अतुलनीय कार्यको मुल्यांकन गर्न नेपाल सरकारको ध्यान आक्रिस्ट गर्ने निर्णय का साथ बिजया दशमी २०६९ संगसंगै पारेर सस्थाको साधारण सभा पनि गर्ने निर्णय गर्यो |
बैठकमा सामुहिक लगानी बिस्तार र कार्य अघि बढाउने बारेमा पनि छलफल भएको थियो | बिजया दशमी कै अबसरमा सस्थाको स्थापना देखि हाल सम्म दस्ताबेजको कै रुपमा एन आर एन स्मारिका निकाल्ने निर्णय गर्दै सो सम्बन्धि कार्य अघि बढाउन सम्पादन तथा संयोजक मण्डल गठन गरियो जसको संयोजकमा श्री बिष्णु रिजाल तथा सदस्यहरुमा श्री प्रकाश तिमिल्सिना , श्री केदार ढुंगाना , श्री उमेश प्रसाद अधिकारि , श्री कृष्ण प्रसाद खनाल रहनु भएको छ | बैठकमा, स्पेनको भ्यालेन्सियामा दुर्घटना परि मृत्यु भएका स्वर्गीय उमेद सिंह बोहरा लाइ एन आर एन स्पेन ले गरेको आर्थिक सहयोग को रकम बिशेस कारणले एन आर एन केन्द्रिय कार्यालय मा रोकिएकाले सो रकम हस्तान्तरण गरिएको जानाकारी साथै , आज सम्म पदेन सदस्य भै सस्थामा निरन्तर सहयोग गरेकोमा ज स स का अध्यक्ष श्री एकराज गिरि ज्यु लाइ आभार प्रकट गर्दै एन् आर एन का सदस्य श्री चिन्तामणि सापकोटा ज्यु जन सम्पर्क समिति स्पेन को अधक्ष मा निर्बाचित भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिने निर्णय गरिएको थियो | साथै स्पेन बाशी नेपाली हरुले कुनै लेख रचना तथा तथ्यपरक सान्धर्भिक बिषय बस्तु स्मारिका मा छपाउन चाहेमा स्मारिका प्रकासन समिति का व्यक्तिहरु तथा nrnaspain@hotmail.com मा पठाउन अनुरोध समितिले गरेको छ |


महासचिब
बिष्णु रिजाल

No comments:

Post a Comment