"आफ्नो भाषा,भेष -भुषाको र संस्कृतिको रक्षा गरौ ट्होटेपर्ब भब्य रुपमा मनाउ" भन्ने नाराका साथ बिगतका बर्षहरुमा झैँ यसबर्ष पनि तमु समाज बार्सिलोना स्पेनले गत ३० जुलाई २०१२ मा रमरिया शहर बार्सिलोनाको उच्चभागमा पर्ने मुन्त्जुइक् पार्कमा आफ्नो चौथो ट्होटेपर्ब रमाइलो र भव्यताका साथ मनायो।
उक्त ट्होटेपर्ब कार्यक्रमलाई विभिन्न चरणमा बिभाजन गरिएको थियो भने प्रथम चरणमा मासु ,पुलाउ अचारको स्वादमा खानपिन कार्यक्रमको आयोजाना गरिएको थियो ।
दोश्रो चरणमा औपचारिक कार्यक्रम राखिएको थियो जसअनुसार तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष ओमर बहादुर गुरुङले आसन ग्रहण गर्नु भएपछि परिचय कार्यक्रम शुरु भएको थियो।
यूकेबाट पाल्नु भएका एभरेस्ट टाइम्सका सम्पादक हरि कुमार गुरुङ र उहाका परिवार, हमबर्ग जर्मनी बाट पाल्नु भएका नेपाली आदिबासी जनजातीका उपाध्यक्ष बिजय गुरुङ ,तमु समाज हामबर्गका उपाध्यक्ष श्रीमती शशी गुरुङ ,श्रीमती अनु गुरुङ साथै नानी बाबुहरु तथा तमु समाज बार्सिलोनाका सदस्यहरु बिचमा पारिवारिक बातावरणमा परिचय कार्यक्रम सम्पन्न भए लगतै तमाजाका तर्फबाट यूके र जर्मनीबाट पाल्नु भएका पाहुनाहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
यसैगरी भर्खरै स्पेनमा सम्पन्न भएको दुइ राजनीतिक दलहरु नेपाली लोकत्रान्त्रिक मंच स्पेन र नेपाली जनसम्पर्क समिति स्पेनको महाधिबेशनहरुबाट बिभिन्न पदमा निर्बिरोध निर्बाचित हुनु भएका तमु समाज बार्सिलोना स्पेनका सक्रिय सदस्यहरु मुक्त बहादुर गुरुङ , दिनेश गुरुङ, श्रीमती दीपा गुरुङ र रोशन गुरुङलाई पनि समाजको तर्फबाट अध्यक्ष ओमर बहादुर गुरुङले खादा लगाई उहाँहरुको कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।
समाजका जेस्ठ सदस्य धन बहादुर गुरुङले उपस्थित सबैजनालाई समाजको तर्फबाट स्वागत मन्तब्य राख्नु भएपछि समाजका सदस्य तथा नेपाली लोकतान्त्रिक मंच स्पेनका अध्यक्ष मुक्त गुरुङ ,महासचिब दिनेश गुरुङ र जना सम्पर्क समिति स्पेनका सदस्य रोशन गुरुङ र यूकेबाट पाल्नु भएका पत्रकार हरि कुमार गुरुङले आ - आफ्नो विचार राख्नु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन गर्नु हुदै समाजका अध्यक्ष ओमर बहादुर गुरुङले ,समर पिकनिक २०१२ तथ ट्होटेपर्ब २०६९ लाई सफल पार्न सहयोग गर्नुहुने सबैजनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
तेश्रो चरणमा ट्होटेपर्ब खेलकुद संयोजक दुर्गा गुरुङबाट लट्ठो तान्ने तथा घैटो फुटाल्ने जस्ता रमाइला खेलहरु आयोजाना गर्नु भएको थियो ।
त्यसको लगतै पार्कमा रमाइलो संगीतमय बातावरणमा उपस्थित सम्पर्ण तमुहरु नाचगानमा झुमेका थिए । समयले नेटो काटेर झिम-झिम अँधेरो बातावरणमा पनि पुरा पार्क नेपाली गीत संगीतले गुन्जमान भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा समाजका अध्यक्षबाट लट्ठो तान्ने खेलमा प्रथम हुने महिला तथ आमा टो,लि , पुरुष टोलीका टिम प्रमुख हरुलाई तथा घैटो फुटाल्ने खेलमा प्रथम हुने सुश्री दिछ्यंत गुरुङ यू.के, दोश्रो हुने बिजय गुरुङ जर्मनी र तेश्रो हुने श्रीमती माया गुरुङलाई पुरस्कारहरु प्रदान गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा स्पेनको मालागा शहर बस्नु हुने बिगत २ बर्ष देखि ब्लड क्यान्सरले पिडित ओम बहादुर गुरुङको लागी आर्थिक सहयोग रकम संकलन गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा समाजका महासचिब गौतम गुरुङले पनि उपस्थित सबैलाई धन्यवाद दिदै समर पिकनिक २०१२ तथा ट्होटेपर्ब २०६९ कार्यक्रमलाई ड्रिंक्स (पेय पदार्थ ) प्रायोजन गर्नु भएका एभरेस्ट अलिमन्तसिओन् का संचालिका / संचालक समाजका उपाध्यक्ष श्रीमती ज्योति गुरुङ र सदस्य दिनेश गुरुङलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
झिम झिम नाझिमकाउ परेली भुतुकै हुन्छु म भन्ने गीतमा दोहोरि गाउदै आउदो तमु ल्होसारमा भेट्ने बाचा गर्दै कार्यक्रम समाप्त भएको थियो ।
No comments:
Post a Comment