पुष्प तिमिल्सना, स्पेन - १२·१२·२०१० का दिन एन्· डि· एफ्· स्पेनले एन्·आर्·एन्· युरोपका सहसम्योजक श्री रबिन्द्र मान श्रेष्ठको स्पेनमा स्वागत गर्दै ओला नेपाल रेस्टुरेन्ट बार्सिलोनमा जलपान कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रम अध्यक्ष श्री पुष्प राज तिमल्सिनाको अध्यक्षकतामा बसेको थियो । कार्यक्रममा पाउनालाई खाता ओडाइ स्वागत, परिचय कार्यक्रम्, तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको थियो । एन्· आर्· एन्· युरोप सहसम्योजक श्री रबिन्द्र मान श्रेष्ठ ले एन्·आर्·एन्· को स्थापना, एस्को औचित्य, भाबी रणनिती तथा योजनाको बारेमा जानकारी दिनु भएको थियो ।
पासा पुच बेल्जियम कि अध्यक्ष श्रीमती रज नि प्रधानले स्पेन मा एन्·डि·एफ स्पेन ले आफुलाई गरेको स्वागत कहिले भुल्न नसक्ने बताउनु भयो । बिभिन्न सङ्सस्था हरुको उपस्थिती रहेको उक्त कार्यक्रम चियापान कार्यक्रम पछी समप्त भएको थियो ।
दीपक खरेल्
महासचिब्
एन्·डि·एफ्· स्पेन
No comments:
Post a Comment