Saturday, December 11, 2010

जनसम्पर्क समिति डेनमार्कको अधिवेशन तयारी


१० डिसेम्बर - जनसम्पर्क समिति डेनमार्कको अधिवेशन आगामी जनवरी १५ र १६ तारिखमा कोपनहेगनमा हुने भएको छ ।
समितिको हालै बसेको बैठकले अधिवेशन सफल पार्न तीनओटा उपसमिति पनि गठन गरेको छ ।
समितिले अधिवेशनलाई ध्यानमा राख्दै सदस्यता नवीकरणका लागि डिसेम्बर ३१ सम्मको म्याद थपिएको जानकारी दिएको छ ।
समितिले नयाँ सदस्यता लिन चाहेमा पनि सोही समयसीमा भित्र सदस्यता लिन आग्रह गरेको छ । समितिले समाजवाद र प्रजातन्त्रको मुद्दालाई अधिवेशनको मुद्दा बनाएर आउन सदस्यहरुलाई आग्रह समेत गरेको छ ।
अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न समितिले सबैमा आग्रह समेत गरेको छ ।

No comments:

Post a Comment