Saturday, January 1, 2011

नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डद्वारा राष्ट्रिय मेलमिलाप दिवस को सम्झना

मेडन गौली, स्विट्जरल्याण्ड - नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्ड का अध्यक्ष राम कुमार महतोले राष्ट्रिय मेलमिलाप दिवस पौष १६ को सन्दर्भमा आयोजित एक कार्यक्रममा महामानव स्व. बि. पी. कोइरालाको तत्कालिन राष्ट्रिय मेलमिलाप  अवधाराणाको प्रशँशा गर्दै उक्त निति वर्तमान नेपालको यस बिषम परिश्थितिमा अझ बढी सान्दर्भिक भएको कुरा उल्लेख गर्नु भयो।
संबिधान निर्माणको यस जिम्मेवारीपुर्ण समयमा स्व. कोइरालाको मेलमिलाप नितिलाई आत्मासात गरि संबिधान सभाका सम्पुर्ण दलहरुले सहमती र सहकार्यलाई प्राथमिकाताकासाथ अघी बढाएमा नेपाली जनताको नयाँ नेपालको परिकल्पना अवश्य पूरा हुने कुरा ओल्याउनु भयो। अध्यक्ष महतोले उक्त अवसरमा  नेपाली काङ्रेसले आह्वान गरेको राष्ट्रिय जनजागरण अभियानको सफलताको लागि शुभकामना  समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा समितिका पदाधिकरीहरु तथा सल्लाहाकारको समेत समुपस्थिती रहेको थियो।

No comments:

Post a Comment