शालिक गौतम - एन आर एनको विश्वव्यापी अभियान अन्तरगत बेल्जियमा गैर आवशिय नेपालीहरुले नेपाली साझा घर बनाउन लागेका छन् । अल्पसंख्यक मानिएका नेपालीहरु बेल्जियममा करिव ७ हजार रहेको अनुमान गरिएको छ । बेल्जियमा रहेका नेपालीहरुविच एक आपसमा पहिचान, भातृत्वको भावना, वेल्जियम स्थित संघ संस्थाहरु विच समन्वय र सहकार्य र नेपाली संस्कृतिको प्रचार, नेपाली घरेलु उत्पादन प्रवद्र्धन तथा नेपाली समुदायको सवलता बेल्जियम समुदायमा समेत देखिने अपेक्षा गरिएको छ ।
एनआर एन बेल्जियमले गत ०३ अक्टोबरमा बेल्जियममा वृह्त भेलाको आयोजना गरेर नेपाली घरको अवधारणा बेल्जियमा रहेका नेपाली समुदायका विच राखेको थियो । सोही बमोजिम २८ नोभेम्बर २०१० का दिन मा पहिलो चरण अन्तरगत बेल्जियममा रहेका विभिन्न नेपाली संघ संस्था विच छलफल भएको छ । वैठकमा बेल्जियममा रहेका १८ संघसंसस्थाको उपस्थिति रहेको जसमा, एन डि एफ बेल्जियम, यु एम एल बेल्जियम संपर्क समित, नेपाली जनप्रगतिशिल मन्च, जनसंपर्क समिति, मोना बेल्जिय, शेर्पा समाज, तमु समाज, अनेशास, चितवन सहायता कोष, युरो नेपाल कलाकार संघ, संयुक्त किरात मोर्चा, मगर समाज, पासापुच, सनातन धर्म सेवा समिति, व्यवासाहिक संघ, लोकतान्त्रिक महिला मोर्चा संघ लगायता अन्य वुद्धिजिवीहरुको उपस्थिती रहेका थियो ।
अर्को चरणको कार्यक्रम अन्तरगत पुःन नेपाली संघसंस्था, वेल्जियममा व्यवासायमा संलग्न व्याक्तिहरु, समाजसेवीहहरु अन्य नेपाली समुदायका विच व्यपापक छलफल गरेर अगाडि बढिने जनाइएको छ । गैर आवाशिय नेपाली संघ वेल्जियका अध्यक्ष श्री पि जी शेर्पाको अध्यक्षतामा नेपाली हाउस परियोजना मुल समिति गठन गरिएको छ जसमा आइसी सी सी सदस्य श्री अर्जुन कुमार श्रेष्ठ परियोजना संयोजक, बेल्जियम स्थित नेपाली संघसंस्थाहरु सदस्य रहको प्रारम्भिक परियोजना समितिको गठन गरिएको र आगामी बैठकबाट व्यवसायी, बुद्धिजिवीहरु, महिला महानुभावहरु सहितको नेपाली हाउस परियोजना मुल समिति विस्तार गर्ने र कार्यसंचालनमा सहजता ल्याउनको लागि एक स्टेरिङ्ग समिति समेत बनाइने वताइएको छ । र उक्त बैठकमा उपस्थित श्री रविन्द्रमान श्रेष्ठ र श्री पुष्पराज अधिकारीलाइ समिति सदस्यमा राखिएको छ ।
आगामी वैठकमा नेपाल हाउस निमार्णको लागि आवश्यक श्रोत व्यवस्थापन तथा अन्य कामहरुका लागि समेत जिम्मेबारीको वाँडफाँड गरिने अध्यक्ष पिजी शेर्पा बताउनु हुन्छ । वैठकमा नेपाली हाउस लागि बेल्जियमको आन्त्रोपन शहरमा, रहेको एक घरको बारेमा वैठकमा प्रस्तुति गरिएको थियो । यस बाहेक लुभेनको केसेलो र हरेन्टमा युरो कलाकार संघका अध्यक्ष श्री पदम गुरुङ्गको सकृयतामा महामहिम राजदुत प्रमेश कुमार हमाल सहितको टोलीले जग्गा अवलोकन गरिएको थियो । साथै अन्य शहरमा पनि संभाव्य स्थानको पहिचान, मुल्य, कानुनी प्रकृया, सहजता र सरलताको अध्यन गरेर आगामी वैठकमा उपस्थित हुन र संवन्धित शहरहरुमा वसोबास गर्ने नेपालीहरुलाई अनुरोध गरिएको र तुलनात्मक रुपमा उपयुक्त महसुस भएमा उक्त स्थानमा नेपाली हाउस स्थापन गर्न सकिने परियोजना संयोजक श्री अर्जुन कुमार श्रेष्ठले बताउनु हुन्छ ।
बेल्जियममा बसोवास गर्ने नेपालीहरुले नेपालको संस्कृति, विविधता साथै व्यापारिक र नेपालको सुचना वैकको रुपमा विकास गर्नका लागि स्थापना गर्न लागिएको उक्त घर श्रोत व्यवस्थापनको दृष्टिकोणबाट चुनौतिपुर्ण मानिय पनि बेल्जियमवासी नेपालीहरु यसमा निकै उत्साहित पाइएकोले श्रोत व्यवस्थापनमा सहज रहेको अध्यक्ष शेर्पा बताउनु हुन्छ ।
No comments:
Post a Comment