Saturday, March 5, 2011

जनसंपर्क समिती अष्ट्रेलियाको भट्टराईप्रती भावपूर्ण श्रद्धान्जली

जनसंपर्क समिती अष्ट्रेलियाको भट्टराईप्रती भावपूर्ण श्रद्धान्जली
नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपाली लोकतान्त्रिक आन्दोलनमा २००७ साल देखी अनबरत रुपमा आफ्नो जीवन सुम्पिनु भएका आध्यत्मिक एबम सन्तनेता कृष्ण प्रसाद भट्टराईको निधनको खबरले जनसंपर्क समिती अष्ट्रेलिया तथा अष्ट्रेलियामा रहेका सम्पूर्ण लोकतन्त्रबादी समुदाय स्तब्ध भएको छ। वहाँको निधन ले नेपाली कांग्रेस पार्टीले मात्र नभै मुलुकले नै एउटा राजनीतिक अभिभावक गुमाएको छ।  वहाँको बहुआयमिक ब्यक्तित्व, सन्योजन्कारी भूमिका, मुल्य, मान्यता  र आदर्शको राजनीति गर्ने एक अत्यन्त अनुभवी राजनीतिज्ञको अभाव मुलुकमा खटकिरहने पनि जनसंपर्क समिती अष्ट्रेलिया महसुस गर्दछ। वहाँको निधन को यस दु:खद घडीमा दिगम्बत आत्माको चीर शान्तीको कामना गर्नुका साथै सोकसन्तप्त परिवार तथा आम लोकतन्त्रबादी समुदायमा धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भन्ने इश्वरसँग प्रार्थना गर्दछ।
जयनेपाल
उमेश सिलवाल
सभापति
जनसंपर्क समिती अष्ट्रेलिया

No comments:

Post a Comment