उपप्रधान तथा बिदेशमन्त्री सुजाता कोइराला १६ जनवरीका दिन कुवेत आईपुग्नु भएको छ । दुबइ देखी ईमिरेट्सको बिमानबाट कुवेत आउनु भएकी कोईरालाई स्वागत गर्नका लागि नेपाली दूताबास कुवेतका महामहिम राजदूत मधुवन पौडेल, श्रीमती सिता पौडेल, सचिब पुष्प राज भटराई, कर्मारी भुवन पौडेल र मित्र सिर्जाली पुग्नु भएको थियो । त्यस्तै कुवेतमा रहेका नेपालीको तर्फबाट एन आर एन ए कुवेतका सचिब सुजन के सि को अगुवाईमा २०-२२ जना स्वागतको लागि पुष्प गुच्छा लिएर बिमान स्थल पुगेपनी एअरपोर्टको एथोरोटी तथा यहाँको बिदेश मन्त्रालयका कर्मचारीले नेपाली समाजका ५ जनालाई मात्र भेट्ने अनुमती दिएको थियो ।
उपप्रधान मन्त्रीलाई पुष्प गुच्र्छा दिएर सुजन के सि, नेपाल कुवेत सस्कर्तिक मंचका टिका राम आचार्य, नेपाल कुवैत डट कमका राजन रिमाल, राजु खडका र नेपालबाट सोमबारै आएका नेपाल पत्रकार महासंघका महासचिब पोषण के सि ले स्वागत गर्न भएको थियो ।
पुष्प गुच्छा दिने क्रममा उपप्रधान मन्त्रीले एन आर एन ए का सचिब सुजन के सिलाई तपाईंहरुसँग बसेर धेरै कुरा गर्न छ भन्नु भयो के सि ले बाहिर निस्के पछी भने ।
उपप्रधान मन्त्री सँग मिडिल ईस्ट तथा अफ्रिका हेर्ने प्रराष्ट्र सहसचिब धनन्जय झा, गृहमन्त्रलाय, अर्थमन्त्रालयका उपसचिब लगाएत दश सदस्य टोली कुवेत आएको छ । उपप्रधान मन्त्रीले कुवेतका मन्त्री मण्डल लगाएत राजालाई पनि भेट्नु हुने छ भने मगलबार नेपाली दूताबासको औपचारिक उदघाटन गर्नु हुनेछ ।
No comments:
Post a Comment