Monday, January 17, 2011

परराष्ट्रमन्त्री सुजाता कोईराला कुवेतमा

राजन रिमाल   कुवेत। उपप्रधान तथा बिदेशमन्त्री सुजाता कोइराला  १६  जनवरीका दिन कुवेत आईपुग्नु भएको छ ।
दुबइ देखी  ईमिरेट्सको बिमानबाट कुवेत आउनु भएकी कोईरालाई स्वागत गर्नका लागि नेपाली दूताबास कुवेतका महामहिम राजदूत मधुवन पौडेल, श्रीमती सिता पौडेल, सचिब पुष्प राज भटराई, कर्मारी भुवन पौडेल र मित्र सिर्जाली पुग्नु भएको थियो  । त्यस्तै कुवेतमा रहेका नेपालीको तर्फबाट एन आर एन ए कुवेतका सचिब सुजन के सि को अगुवाईमा २०-२२ जना स्वागतको लागि पुष्प गुच्छा लिएर बिमान स्थल पुगेपनी एअरपोर्टको  एथोरोटी तथा यहाँको बिदेश मन्त्रालयका कर्मचारीले नेपाली समाजका ५ जनालाई मात्र भेट्ने अनुमती दिएको थियो ।
उपप्रधान मन्त्रीलाई पुष्प गुच्र्छा दिएर सुजन के सि, नेपाल कुवेत सस्कर्तिक मंचका  टिका राम  आचार्य, नेपाल कुवैत डट कमका  राजन रिमाल, राजु खडका र नेपालबाट सोमबारै आएका  नेपाल पत्रकार महासंघका महासचिब पोषण के सि ले  स्वागत गर्न भएको थियो ।
  पुष्प गुच्छा दिने क्रममा उपप्रधान मन्त्रीले एन आर एन ए का सचिब सुजन के सिलाई तपाईंहरुसँग बसेर धेरै कुरा गर्न छ भन्नु भयो के सि ले बाहिर  निस्के पछी भने ।      
उपप्रधान मन्त्री सँग मिडिल ईस्ट तथा अफ्रिका हेर्ने प्रराष्ट्र सहसचिब धनन्जय झा, गृहमन्त्रलाय,   अर्थमन्त्रालयका उपसचिब लगाएत दश सदस्य टोली कुवेत आएको छ । उपप्रधान मन्त्रीले कुवेतका मन्त्री मण्डल  लगाएत राजालाई पनि भेट्नु हुने छ भने मगलबार नेपाली दूताबासको औपचारिक  उदघाटन गर्नु हुनेछ ।
 


Saturday, January 1, 2011

नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डद्वारा राष्ट्रिय मेलमिलाप दिवस को सम्झना

मेडन गौली, स्विट्जरल्याण्ड - नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्ड का अध्यक्ष राम कुमार महतोले राष्ट्रिय मेलमिलाप दिवस पौष १६ को सन्दर्भमा आयोजित एक कार्यक्रममा महामानव स्व. बि. पी. कोइरालाको तत्कालिन राष्ट्रिय मेलमिलाप  अवधाराणाको प्रशँशा गर्दै उक्त निति वर्तमान नेपालको यस बिषम परिश्थितिमा अझ बढी सान्दर्भिक भएको कुरा उल्लेख गर्नु भयो।
संबिधान निर्माणको यस जिम्मेवारीपुर्ण समयमा स्व. कोइरालाको मेलमिलाप नितिलाई आत्मासात गरि संबिधान सभाका सम्पुर्ण दलहरुले सहमती र सहकार्यलाई प्राथमिकाताकासाथ अघी बढाएमा नेपाली जनताको नयाँ नेपालको परिकल्पना अवश्य पूरा हुने कुरा ओल्याउनु भयो। अध्यक्ष महतोले उक्त अवसरमा  नेपाली काङ्रेसले आह्वान गरेको राष्ट्रिय जनजागरण अभियानको सफलताको लागि शुभकामना  समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा समितिका पदाधिकरीहरु तथा सल्लाहाकारको समेत समुपस्थिती रहेको थियो।