महासचिब
बिष्णु रिजाल
गैर आबासीय नेपाली संघ रास्ट्रीय समन्यन परिषद को आयोजनामा स्पेनको बार्सिलोना मा एन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | नेपाली समुदायका समस्याहरुको पहिचान गरि समाधानमा के कसो गर्न सकिन्छ भनि आयोजित सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले ज्युले गर्नु भएको थियो भने संचालन महासचिब श्री बिष्णु रिजाल ले गर्नु भएको थियो | उपस्थिति सबैलाई स्वागत भाषण सस्थाका उपाध्यक्ष श्री बाबुकृष्ण कंडेल गर्नु भएको थियो |सो कार्यक्रमलाई सम्बोधन गर्न नेपाली दुताबास पेरिस बाट महामहिम राजदुत श्री मोहनकृष्ण श्रेष्ठ ज्यु अघिल्लो दिन नै बार्सिलोना आउनु भएपनि नेपाल सरकारको बिशेस अनुरोधमा अत्यन्त जरुरि परेकाले इटाली प्रस्थान गरेपछी कार्क्रमलाई प्रमुख अतिथिको रुपबाट दुताबासका प्रतिनिधि श्री भरत खनाल ज्यु ले सम्बोधन गर्नु भयो | ब्यापक नेपाली जन समुदाय को उपस्थिति रहेको सो कार्यक्रम मा स्थानीय समस्याको बारेमा एन आर एन को स्थानीय समस्या संकलन तथा समाधान सुझाउने उप समितिका संयोजक श्री एकराज गिरीले समस्याहरु राख्नु भएको थियो | छुट भएका समास्याहरुलाई एक एक गरि इछुक व्यक्ति हरुबाट राखी समाधानमा सलारिकरण गरिएको थियो | प्रमुख अतिथि श्री खनाल ज्यु ले यहा भएका समस्या केहि भए एन आर एन मार्फत आउदा दुताबास बाट समस्या समाधान मा सजिलो भैदिने भएकाले सो गरिदिनुहुन आग्रह गर्दै एन आर एन स्पेन ले गरेको यस्तो प्रतक्ष गतिविधिको प्रशंसा गर्नुभयो | कार्यक्रमलाई बिशेस अतिथि एन आर एन आइ सी सी सदस्य श्री पुस्पराज तिमिसिना ले स्पेन का गतिबिधि बताउदै दुताबासबाट अझ सहयोग को आशा राख्नु भयो | सो कार्यक्रम सुरु हुनु र अघि र पछी अति आबस्यक भएका हरुलाई अस्थाई नेपाली राहदानीको प्रमाण पत्र पनि वितरण गरिएको थियो | कार्यक्रम को बिसर्जन गर्दै अध्यक्ष काफ्ले ज्युले एन आर एन स्पेन ले गरेका कामहरु को बारेमा प्रकाश पार्दै स्पेनमा नेपाली दुताबास ल्याउनु नै अहिले यो एन आर एन कार्यसमितिको प्रमुख उदेस्य रहेको कुरा बताउनु भयो | सो कार्यक्रम बिशेष अतिथिको को रुपमा काउन्सिलर लुइस बेल्भिस ले बोल्नु भएको थियो |अतिथिको रुपमा जन सम्पर्क समिति स्पेन का अध्यक्ष एकराज गिरि , लोकतान्त्रिक मंच का काबा अधक्ष मुक्त गुरुङ , मगर संघका महासचिब राजु थापा ,तमु समाजका महासचिब गौतम गुरुङ , चितबन समाजका अध्यक्ष बिनोद ढकाल , टास्क फोर्स सदस्य जगत्पाल सिलवाल ज्यु हरुको उपस्थीति रहेको थियो
अन्तरक्रिया कार्यक्रम समाप्ति पछी आयोजना गरिएको रात्रि भोज पनि श्री भारत खनाल ज्युको प्रमुख आथित्यमा भएको थियो | नेपाल मा कल्याणकारी काम मा सहयोग गर्न भनि सुरुवात गरिएको सो कार्यक्रम प्रमुख आकर्षण बनेको थियो |
Wednesday, June 20, 2012
Saturday, June 2, 2012
चितवन समाज स्पेनको दोश्रो महाधिबेशन सम्पन्न
स्वर्णिम भविष्यको खोजीमा आफ्नो मातृभूमि भन्दा पर रहेर पनि आफ्नो देश र मातृभूमि प्रतिको स्नेह जोगाइ ,स्पेनभरि छरिएर रहनु भएका चितवन बासि दाजु भाई दिदिबहिनिहरु बीच आपसी सामिप्य बढाउने उदेश्यले सन २००९मे १८ तारिकका दिन स्पेनको बार्सिलोनामा गठन भएको चितवन समाज स्पेनले आफ्नो दोश्रो महाधिबेशन मे २८ का दिन स्पेनको बार्सिलोनामा सम्पन्न गरेको छ ।
दुइ चरणमा विभाजन गरेर सम्पन्न गरिएको उक्त कार्यक्रममा पहिलो चरण अन्तरगत चितवन समाज स्पेनको दोश्रो महाधिबेशन तथा बन्दसत्र चलेको थियो ।
समाजका अध्यक्ष जगतपाल सिलवालको सभापतित्व, उपाध्यक्ष्य थानेश्वर भुसाललको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा संस्थाका सल्लाहकार एबम अथितिद्वय रामलालकंडेल र मेघराज कंडेल (साईराम)मध्येबाट रामलाल कंडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति तथा चितवन समाज स्पेन दोश्रो महाधिबेशन समन्वय तथा निर्बाचन समिति संयोजक जगतपाल सिलवालले चितवन समाज स्पेनको सबैसंगको सरसल्लाह पश्चात गठित सर्बम्मत निर्वाचित नया कार्यसमिति घोषणा गर्नु भएको थियो ।
थानेश्वर भुषाल, चिन्तामणि सापकोटा र पदम दवाडी रहेका निर्वाचन समितिले विनोद ढकाललाइ अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा बसन्तराज रेग्मी, सचिब बसन्तराज रेग्मी, सहसचिव बेदराम कंडेल, कोषाध्यक्ष रामचन्द्र भट्टलाइ निर्वाचित गरेको छ । यसैगरी समाजको सदस्यहरुमा उमेश प्रसाद अधिकारी, भरतराज गौतम, विवेक सापकोटा, हरि उप्रेती, तेजेन्द्र रिजाल, मोहन पौडेल, राजु थापा, हेम पाण्डे रहेका छन भने पदेन सदस्यहरुमा प्रकाश अधिकारी, भोजराज सापकोटा, राजिव काईराला रहेका छन बाकी पछि विस्तार गरिने पनि बताइएको छ ।

Subscribe to:
Comments (Atom)