Sunday, December 23, 2012

किताब खाना र परराष्ट्र मन्त्रालय को लापरबाहीले विदेशमा रहेका प्रवासी नेपालीहरु प्रभावित

उमेश कुमार श्रेष्ठ, स्पेन - विगत केही समय देखि किताबखानाले डकुमेन्ट ट्रान्सलेशन गर्ने कार्य बन्द गरेको छ र किताबखानाले नोटरीलाई ट्रान्सलेशन गर्ने जिम्मा दिएको छ तर नोटरीबाट ट्रान्सलेशन भएका डकुमेन्टलाई परराष्ट्र मन्त्रालयले लीगलइज गर्न अस्वीकार गर्दै आएको छ यी दुई सरकारी कार्यालयहरुको आपसी समन्वयको अभावमा प्रवासी नेपालीहरुलाई निकै अफ्ठयारो झेल्न परेको छ। नोटरीबाट ट्रान्सलेशन भएको डकुमेन्टहरुलाई परराष्ट्र मन्त्रालायले लीगलाइज नगरने हुँदा अहिले नगरपालिका र गा. वि. स विवाह दर्ता प्रमाण पत्र, जन्म दर्ता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य डकुमेन्ट अंग्रेजी भाषामा जारी हुने गरेको छ। तर ती डकुमेन्टहरुलाई परराष्ट्र मंत्रालयले attested नगरने र seen at foreign ministry भनेर छाप लगाउने गरेको छ। उक्त डकुमेन्टहरुले विदेशमा कुनै मान्यता प्राप्त गर्न सकेको छैन। सोही कारण आप्रवासी नेपालीहरुको धेरै कामहरु अलपत्र परेको छ। यस्तो गम्भिर कुराको अवगत हुँदा हुँदै पनी सरकार कानमा तेल हालेर बसेको छ। यसले आप्रवासी नेपालीहरुमा ठुलो अन्योल सृजना गरेको छ। यसको लागी आप्रवासी नेपालीहरुको हक हितको लागी आवाज उठाऊन गठित संघ संस्थाहरुले यथा शीघ्र पहल गर्नुपर्ने अवस्था आएको छ।