दिपक सुबेदी, बर्सिलोना - राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको मुल मर्म र धर्मलाइ पूर्ण निष्ठा आश्था र विश्वासका साथ आत्मसाथ गर्दै आएका प्रवासी नेपालीहरुको जेष्ठ संस्था नेपाली जन सम्पर्क समिती, स्पेनको अधिवेशन यही जुलाइ २३ मा सु-सम्पन्न भएको छ। जन सम्पर्क समिती, स्पेनका अध्यक्ष श्री एकराज गिरीको सभापतित्वमा सञ्चालित अधिवेसनमा प्रमुख अतिथीको आतिथ्य ग्रहण जन सम्पर्क समिती युरोप समनवय समितीका उपाध्यक्ष श्री पुष्प राज भण्डारीले गर्नु भएको सो कार्यक्रमको संचालन संस्थाका महामन्त्री श्री दीपक सुबेदीले गर्नु भएको थियो । विशेष अथितीको रुपमा एन आर एन, स्पेनका अध्यक्ष श्री अर्जुन काफ्ले तथा जन सम्पर्क समिती युरोप समनवय समितीका सदस्य श्री चिन्तामणी सापकोटा उपस्थित रहनु भएको थियो भने नेपाली जन सम्पर्क समिती, नेदरल्यान्ड/एन डी. एफ, स्पेन/जन-प्रगतिशिल मञ्च, स्पेन / चितवन समाज/ अन्तराष्ट्रिय कलाकार मञ्च / तमु समाज/ मगर संघ लगायतका विभिन्न संघ संस्थाहरूको प्रतिनिधित्व रहेको थियो।
ज्ञात अज्ञात शाहीदहरुको सम्मानमा मौनधारणा र अग्रज स्वर्गिय नेताहरुको तस्विरमा टिका तथा माल्यार्पण गर्दै शुरु भएको अधिवेसन प्रमुख अतिथी ज्यु बाट पानशमा दीप प्रज्वोलन साथै तेश्रो अधिवेशन को ब्यानर खोलेर अधिवेशनका सभापति बाट संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष श्री सालीकराम डुम्रे ले स्थापना कालमा कल्पना गरिए अनुरुप सोही धरातलमा टेकेर आज सर्बसम्मत कार्यसमिती निर्माण गर्न सकियकोमा खुशी ब्यक्त गर्दै अधिबेशनमा सहभगिता जनाउनु भएकोमा सम्पूर्ण प्रमुख अथिति, विशेष अतिथी, संघ संस्थाका प्रतिनिधि एवं उपस्थित सबैमा स्वागत तथा धन्यवाद प्रकट गर्नु भयो।
अतिथिको आसनबाट मन्तव्य प्रकट गर्नुहुने संपूर्ण बक्ताहरुले स्पेनमा रहेका हरेक संघ-संस्था /समाज /मन्चहरुले एक आपसमा समन्वय गर्दै हरेक नेपाली चाड-पर्व तथा सामाजिक कार्यक्रमहरुका साथै स्पेन वासी सम्पूर्ण नेपालीहरुका हक-हित, समस्या र समाधान लगाएत नेपालीहरुका हरेक सुख:दुखमा जन सम्पर्क समिती स्पेनले अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा विगतका कार्यकालमा भए गरेका कामहरु को लागि धन्यवाद ज्ञापन र नेपालीका संघ/ संस्था र नेपाली-नेपाली विच अझै यो सम्बन्ध प्रगाढ बनाउन आगामि नेत्रित्वको कार्यकालमा बढी सफलता मिल्न सकोस भन्दै शुभकामना तथा सुभेक्षा प्रकट भएका थिए ।
स्वदेशमा रहँदा होस वा विदेशमा हरेक नेपालीले सामुहिक हित लागि र सामाजिक उत्तरदायित्व निर्वाह गर्नका साथ साथै कला संस्कृती संरक्षण र संवर्धनका लागि संगठित हुनु स्वभाविक हो यधपी यसरी गठित क्षेत्रिय तथा जातिय प्रतिनिधि मुलक संघ संस्था हरुले एकपटक जातिय र क्षेत्रिय भावना भन्दा माथि उठेर सबैभन्दा पहिले हामी सबै नेपाली हौ भन्ने बुझ्नु पर्ने समय भएको धारणा प्रमुख अतिथी श्री पुष्प राज भण्डारीले आफ्नो मन्तब्यको क्रममा राख्नु भयो। सबै भन्दा पहिले संघ संस्था हरु विचको सहकार्य, सांगठनिक एकता र संस्थागत हित लाई केन्द्र बनाएर अगाडि बढ्नु नयाँ कार्य समितीको मुख्य काम हुनुपर्नेमा उहाँको जोड रहेको थियो।
संस्थाका अध्यक्ष तथा अधिवेशनका सभापति श्री एकराज गिरीले आफ्नो कार्यकालमा अहोरात्र खट्नुहुने कार्यसमितिका साथीहरु, सलाहकारहरु एवं सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अधिवेसन सम्पन्न गर्न मुख्य भूमिका खेल्नुहुने समनवय समिती तथा निर्वाचन समितीका साथीहरु प्रती आभार ब्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा भए गरेका कामहरुको समिक्षा गर्दै सोचे अनुसारको सबै कामहरु सम्पन्न गर्न नसकिएता पनि आफ्नो कार्यकालमा धेरै राम्रा कामहरु गरिएको भन्दै कतिपय काम हरु जन स्तरबाट चासो न देखाएकाले र कतिपय काम हरु समनवय र सहकार्य नभै ब्यक्तिगत स्वार्थका कारण सम्पन्न गर्न न सकियको भन्दै आफ्नो गुनासो रहेको बताउनु भयो भने संस्थाका महामन्त्री श्री दीपक सुबेदी ले आफ्नो कार्यकालको कार्य प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो।
प्रथम चरणको कार्यक्रमको आन्त्य तिर निर्वाचन समिती संयोजक श्री भक्त राज भुसालले नवगठित कार्यसमितीको घोषणा गर्दै अधिवेशनका प्रमुख अतिथी , सभापति तथा विशेश अतिथीहरुबाट श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा गठित सर्वसम्मत कार्यसमितीका सदस्यहरु लाई टिका तथा प्रमाण पत्र वितरण गरियो ।
नव निर्वाचित अध्यक्ष श्री चिन्तमणी सापकोटा ले आज गरियका बाचा बरु फिक्का हुन सक्छन भन्दै बाचा भन्दा भोली गर्ने काम महत्वपूर्ण हुने भन्दै आगामी दिनमा सबै को सहयोग भएमा आफ्नो नेत्रित्वोमा गठित कार्यसमितीले आफ्नो कार्यकालमा स्पेन वासी नेपाली हरुले सम्झन लाएक धेरै काम गरेर देखाउने प्रतिवद्दत जाहेर गर्नु भयो ।
प्रजातान्त्रिक पद्दतिमा सर्वसम्मत कार्य समिती चयन हुन सक्नु एउटा विशिस्ट परिस्थिती हो त्यसमा पनि जन संपर्क समिती, स्पेनको विगतलाई हेर्दा आजको यस निर्णय सम्म पुग्न त्यती सहज पक्कै पनि थिएन तथापी समनवय समितीको अथक प्रयास र मेहेनतबाट आम जन चाहना अनुरुप जन संपर्क समिती , स्पेनका संस्थापाक अध्यक्ष रही सक्नु भएका श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा सर्वसंमत कार्यसमिती गठनको इतिहास रचन सफल भएका छन यसो भनि रहंदा निर्वाचनको प्रकृयालाई समेत स्विकार्दै उमेद्वारी घोषणा गरिसक्नु भएका साथीहरु लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट संलग्न संपुण साथीहरुको त्याग र सहयोगको सही मुल्यांनकन हुन अत्यान्त जरुरी छ भन्ने अभिमतहरु त प्रसस्त प्रकट भएका छन तर पनी आगामी दिनहरुमा नयाँ नेत्रीत्वका प्रतिवद्दता तथा भावी कार्यक्रम र कार्यसमिती बाहिर रहनु भएका साथीहरुको भूमिका ले व्यबहारिक दिशा कस्तो लिने छ त्यो त हेर्न बाँकी नै छ ।
कार्यक्रमाको प्रथम चरणमा पनि स्थानिय कलाकार बहिनीहरुका लोक नृत्य प्रस्तुत गरिएका थिए भने दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट पाल्नु भएकी चर्चित लोक दोहोरी गायिका श्री शकुन्तला थापाको जब जब ¨ढिला भईसक्यो, तिम्रै बाटो कुर्दैमा निर्माया बैस गैसक्यो ¨ बोलको गीत संगै तातेको सांगितिक कार्यक्रम, सुन्तला र स्याउ पिरती लाउने भए अल्ली वर आउ´ सम्म आइपुग्दा सम्म त मञ्च घेरिसकिएको अवस्था थियो अन्तत ´´झिम झिम सानु न झिम्काउ परेली भुतुकै हुन्छु म´´ वोलको दोहोरी चली रहँदा सायदै भुतुक्क नहुने दर्शक भेट्न गर्हो भईसकेको थियो। अधिवेशन कार्यक्रमको समापन गर्दै सभापतिले बोल्दा होस वा कार्यक्रमको समयाबधी सकियको घोषणा गर्दा सम्म सांगितिक तापमान घटाऊन आयोजकलाई हम्मे हम्मे परेको थियो।
नब गठित कार्यसमिती
अध्यक्ष – श्री चिन्तामणी सापकोटा
उपाध्यक्ष- श्री सालीकराम डुम्रे
महामन्त्री- श्री वेदराम कंडेल
कोसाध्यक्ष – श्री ईन्द्र शर्मा
सदस्यहरु-
श्री उमेश अधिकारि
श्री विनोद ढकाल
श्री रामु चालिसे
श्री रोशन गुरुङ
श्री विनय श्रेष्ठ
श्री दिलिप रेग्मी
श्री पुरुषोत्तम भट्टराइ
श्री विनोद लामिछाने
Tuesday, July 24, 2012
Friday, July 13, 2012
जनसम्पर्क समिति स्पेन को तेस्रो महधिबेसन यहि जुलाई २३ मा हुने
दिपक सुबेदी, स्पेन - राष्ट्रियता, प्रजातन्त्र र समाजबादको मुल मर्मलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसको भात्री संगठनको रुपमा सन् २००७ मा गठित जनसम्पर्क समिति अहिले तेस्रो महधिबेसनको संघारमा उभियको छ। स्पेनमा बस्ने नेपालीका सूख दु:खमा साथ दिंदै स्पेनकै जेठो र सक्ति साली संगठनको रुपमा रहेको जनसम्पर्क समिति स्पेनको तेस्रो महधिबेसन यहि जुलाई २३ तारिक सोमबारका दिन हुन गइरहेको छ। c-sicilia ३२१ metro २ sagradaa familia मा हुन गइरहेको उक्त महधिबेसन दिनको ठीक ३ बजे सुरु हुने छ। एतिहासिक अनि एकताको अधिबेसनको रुपमा हेरियको यो अधिबेसन सफलता पुर्बक सम्पन्न गर्नको लागि ब्यापक तयारी पनि भइरहेको छ। २ पटक सम्म लगातार निर्बाचन प्रक्रियाबाट गठित कार्य समिति यो पटक सर्ब सम्मत भएको छ। काम गर्न हौसियका नयाँ साथीहरूलाई जिम्बेवारी सुम्पीदै पुरानो कर्यसमितिका साथीहरू बहिरिने क्रममा रहेका छ्न।
एउटा मुल्याङ्कन र सिस्टमको परिपाटी नबस्दा संगठनमा दु:ख गरेका र सधैं संगठनको हित चाहने ब्यक्तिहरूमा नैरास्यता छाएको छ। सङगठ्नका कार्यक्रम र बैठकमा सधैं अनुपस्थित रहने र अधिबेसनको बेलामा आएर भाडभैलो मच्चाउने ब्यक्तिहरूनै अगाडी पारेको देखिन्छ्। जे भए पनि एक पटक समिति एक भएर जाहोस् सिस्टम र मुल्याङ्कनको प्रक्रिया सुरु होस् भन्नको लागि नै यो समिति सर्व सम्मत भएको हो र सर्व सम्मत कर्यसमितीको नामवली अधिबेसनको दिन निर्बाचन संयोजक ज्यु ले प्रस्तुत गर्नु हुने छ।
उक्त दिन अधिबेसनलाई थप रौनक बनाउनको लागि खान पिन साथै चर्चित लोकदोहोरी गायिका सकुन्तला थापाको उपस्थितीमा संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। र स्पेन बासी नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उपस्थित भइदिनु हुन बिनम्र अनुरोध गरिएको छ र स्पेनमा रहेका सँग संगठनलाई पनि निमन्त्रणा पत्र पठाइ सकियको र पत्र प्राप्त नभएमा यसैलाई आधिकारिक सूचना मानी उपस्थित हुन अनुरोध् गरिएको छ। र जनसम्पर्क समिति गठन भएका युरोपका देशका अध्यक्ष साथै प्रतिनिधिलाई पनि अधिबेसनमा अतिथिको रुपमा उपस्थित भइदिन निमन्त्रणा पठाइ सकियको छ।
एउटा मुल्याङ्कन र सिस्टमको परिपाटी नबस्दा संगठनमा दु:ख गरेका र सधैं संगठनको हित चाहने ब्यक्तिहरूमा नैरास्यता छाएको छ। सङगठ्नका कार्यक्रम र बैठकमा सधैं अनुपस्थित रहने र अधिबेसनको बेलामा आएर भाडभैलो मच्चाउने ब्यक्तिहरूनै अगाडी पारेको देखिन्छ्। जे भए पनि एक पटक समिति एक भएर जाहोस् सिस्टम र मुल्याङ्कनको प्रक्रिया सुरु होस् भन्नको लागि नै यो समिति सर्व सम्मत भएको हो र सर्व सम्मत कर्यसमितीको नामवली अधिबेसनको दिन निर्बाचन संयोजक ज्यु ले प्रस्तुत गर्नु हुने छ।
उक्त दिन अधिबेसनलाई थप रौनक बनाउनको लागि खान पिन साथै चर्चित लोकदोहोरी गायिका सकुन्तला थापाको उपस्थितीमा संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। र स्पेन बासी नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उपस्थित भइदिनु हुन बिनम्र अनुरोध गरिएको छ र स्पेनमा रहेका सँग संगठनलाई पनि निमन्त्रणा पत्र पठाइ सकियको र पत्र प्राप्त नभएमा यसैलाई आधिकारिक सूचना मानी उपस्थित हुन अनुरोध् गरिएको छ। र जनसम्पर्क समिति गठन भएका युरोपका देशका अध्यक्ष साथै प्रतिनिधिलाई पनि अधिबेसनमा अतिथिको रुपमा उपस्थित भइदिन निमन्त्रणा पठाइ सकियको छ।
Subscribe to:
Comments (Atom)