Saturday, July 30, 2011

मनोज गजुरेल र कोमल वलि ले स्पेन को बार्सिलोना तताउने

नेपाल का ख्याती प्राप्त कलाकार हरु द्वारा स्पेन को बार्सिलोना तात्ने भएको छ |
यहि अगस्त २ तारिक का दिन ,कलाकार हास्य सम्राट मनोज गजुरेल र ख्याती प्राप्त लोक
गायिका कोमल वाली का साथ स्पेन बासि हरु रम्ने भएका छन् | नेपाली जन सम्पर्क समिति
को आयोजना मा हुन गैरहेको सो कार्यक्रम को लागि श्री निरज पोखरेल कार्यक्रम संयोजक
रहनु भएको छ |आफ्नो सास्कृतिक दौडाहामा युरोप आउनुभएका कलाकार हरु ले जर्मनी , यु
के लगायत का शहर हरुमा पनि आफ्ना रोचक र धमाकादार कार्यक्रम हरु पस्कने जानाकारी
आएको छ \ यो कार्यक्रम मा उपस्थित भै नेपाली गित संगित तथा हास्य को भरमग्दुर आनन्द

लिन र नेपाली कलाकार , कलाको सम्मान तथा हौसाला बडाउन सम्पूर्ण स्पेन बासि नेपालि
दाजी भाइ दिदि बहिनि हरुलाई बिशेस आमन्त्रण गरिएको छ |
समय - दिनको ४.३० बजे
शुल्क - युरो १० ,
कार्यक्रम हुने स्थान - C\ TORRE D EN DAMINAS , 6
Hostafrancs Metro 1 ,sortida mercat



महासचिब
दिपक सुबेदी

Wednesday, July 27, 2011

नेपाली जनसम्पर्क समिती पोर्तुगलद्वारा २९ औं बीपी स्मृति दिवस सम्पन्न

रामहरि लामिछाने
साउन ९, लिस्बन

नेपाली जन सम्पर्क समिती पोर्तुगलले लिस्बनमा आइतबार २९ औं बीपी स्मृति दिवसको अबसर पारेर "बिचारहरुको सान्दर्भिकता"
बिषयक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । स्वर्गीय महानायक बीपीको
तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रम एनआरएन नेदरल्याण्डका
अध्यक्ष एबम जनसम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार हरि
पौडेल प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि एबम जनसम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार
हरि पौडेलले बिपीले पुर्याउनु भएको योगदानको चर्चा गर्दै बिपीले देखाउनु
भएको मार्गमा लाग्नु पर्नेमा जोड दिनुभयो। उहाले बिपीको सिद्दान्त
अनुसार नेपाली कांग्रेस अगाडी बढ्नु पर्ने आबश्यकता औल्याउदै प्रवास मै
रहेर भए पनि प्रजातन्त्र जोगाउन लागि पर्न सबैमा आग्रह गर्नुभयो। यसै
गरि उहाले नेपालका नेताहरुले नेपालको संबिधान बनाउन नसकिरहेको अबस्थामा
संबिधान नबने सम्म प्रवासमा रहेका कुनै पनि संघ संस्थाहरुले नेताहरुलाई
कार्यक्रमको सभागितामा बन्देज गराउनु पर्ने धारणा समेत राख्नुभयो।

नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष एबम कार्यक्रमका सभापति
पूर्ण हमालले बिपीको स्मरण मात्र गरेर होइन कि उहाले दिनुभएको योगदानलाई
आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो। यस्तै एनआरएन पोर्तुगलका
निर्बर्तमान अधक्ष्य लक्ष्मी प्रसाद सापकोटाले बिपीको भनाइलाई स्वीकार
गर्दै नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रमामा बोल्दै नेपाली जनसम्पर्क समिती पोर्तुगलका सल्लाहकार भिम
केसी कमलले बीपीका सिदान्तहरुलाई प्रभाबकारी रुपमा अबलम्बवन
गर्नुपर्नेमा जोड दिनु भयो।

यसै गरि कार्यक्रमामा सित बराल, भानु सापकोटा, सुशील गैरे, दामोदर
सुबेदी लगायतले बीपीको एक राजनीतिज्ञ मात्र नभैकन सफल साहित्यकार भएको
स्मरण गर्दै उहाले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो।

हेमन्त सेढाइंले संचालन र कोषाध्यक्ष नारायण प्रसाद सापकोटाले स्वागत भाषण गर्नु
भएको कार्यक्रम रेस्टुरेन्ट टेस्ट अफ नेपाल साल्दानाको हलमा सम्पन्न
गरिएको थियो।

कार्यक्रम जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष पूर्ण हमालको
सभापतित्वमा सम्पन्न भएको थियो।